मंगलबार, आश्विन २०, २०७७ || 478  पटक पढिएको

यस वर्षको बडादशैंँमा भक्तपुरको तलेजु मन्दिरभित्र बलि नदिने भएको छ । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज बसेको जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीसहितको बैठकले कोरोना महामारीका कारण तलेजुमा विधिपूर्वक पूजा गर्ने तर बलि नदिइने निर्णय गरेको हो । भक्तपुरमा तलेजुमा सर्वसाधारणले बाहेक सरकारीस्तरमा गुठी संस्थानले मात्र बडादशैं अवधिमा ६० बोका, ३१ राँगा र ३० हाँस बलि दिने प्रचलन छ ।

बैठकले विजयादशमीका अवसरमा यस वर्ष भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पूजामा बलि नदिइने र तलेजु भवानीको पूजा स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरी विधिपूर्वक सामान्य मात्र गरी सीमित गरिने निर्णय गरेको हो ।

त्यस्तै घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म नगरका विभिन्न शक्तिपीठमा हुने मेला, पूजा र नवरात्रका समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरमा नजानका लागि जनतालाई आह्वान गर्ने निर्णयसमेत गरिएको छ । बैठकले दशैंँ अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।नगर प्रमुख प्रजापतिले जात्रा र पर्वलाई औपचारिकतामा सीमित गरी मनाइने निर्णयमा जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!