मंगलबार, आश्विन २०, २०७७ || 487  पटक पढिएको

विराटनगर महानगरपालिका–११ पिचरास्थित घरमै मृत्यु भएका ८८ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति ११ बजे मृत्यु भएका वृद्धको स्वाब परीक्षण गराउँदा परीक्षण रिपोर्ट मंगलबार पोजिटिभ आएको विराटनगर महानगर वडा ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपानेले बताए । ‘कोरोनासँग मिल्दो लक्षण देखिएकाले स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाएका थियौं,’ उनले भने, ‘मंगलबार रिपोर्ट पोजिटिभ आएकाले मृत्यु हुनु अगाडि र पछाडि वृद्धको निकट सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षण गराउने तयारी गरेका छौं ।’ वृद्धको शव घरमै रहेकाले कानुनी व्यवस्था अनुसार सेनालाई शव व्यवस्थापनका लागि जानकारी गराइएको न्यौपानेले बताए । प्रदेश १ मा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!