मंगलबार, आश्विन २०, २०७७ || 598  पटक पढिएको

अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

दोस्रो क्वुयुएडीमा सहभागी हुनका लागि उनीहरू जापान जान लागेका हुन् । त्यसमा उनीहरूसँगै जापान र अष्ट्रेलियाका समकक्षीहरु पनि सहभागी हुने भएका छन् । चीन र भारतबीचमा पछिल्लो समयमा फेरि सिमा विवाद भएपछि अमेरिका र भारतका विदेश मन्त्रीहरूको पहिलो पटक भेटवार्ता हुन लागेको हो ।

जापान रहेका बेला अमेरिकी विदेशमन्त्री पोम्पेओले जापानका नवनिर्वाचित प्रधानमन्त्री योशिहिडे सुगा र जापानी विदेश मन्त्री टोशिमिट्सु मोटेगीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटवार्तापछि सकारात्मक उपलब्धी हुने उनले विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो यस पटकको भ्रमण निकै राम्रो हुन गइरहेको पत्रकारहरुलाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!