डा. गोविन्द केसीको जीवन रक्षाको माग

सरकारद्वारा ‘लोकतन्त्रमा रहनुपर्ने संवादको सस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रतिसमेत बेइमानी’

मंगलबार, आश्विन २०, २०७७ || 573  पटक पढिएको

विभिन्न १५ जना बुद्धिजीवि एवं प्रबुद्ध व्यक्तित्वहरुले ‘डा. केसीका मागहरुलाई अविलम्ब सम्बोधन गर्न तथा उहाँको जीवन रक्षाका निम्ति आवश्यक पहल गर्न’ सरकारसँग अपील गरेका छन् ।

आज जारी गरिएको सो अपील एवं ऐक्यबद्धता पत्रमा भनिएको छ :-

विगत तीन हप्ताभन्दा बढी समयदेखि देशको चिकित्सा शिक्षा र स्वास्थ्यसेवासम्बन्धी मागहरु राखेर डा. गोविन्द केसी आमरण अनशनमा हुनुहुन्छ । यी मागहरु समाजवादउन्मुख लोककल्याणकारी राज्यको नारा दिएर सत्तासीन भएको दल र सरकारका लागि मार्गदर्शक र प्रेरणादायी हुने हामीले अपेक्षा राखेका थियौँ ।

तर विडम्वना ! डा. केसीका मागहरुप्रति सरकार पूर्णतः उदासीन रहेको छ । सरकारले यस किसिमको अकर्ममण्यता प्रदर्शन गरेर लोकतन्त्रमा रहनुपर्ने संवादको सस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रतिसमेत बेइमानी गरेको हामीले ठानेका छौँ । डा. केसीका मागहरुलाई अविलम्व सम्बोधन गर्न र उहाँको जीवन रक्षाका निम्ति आवश्यक पहल गर्न सरकारसँग हामी जोडदार अपिल गर्दछौँ । साथै डा. केसीका जायज मागहरुप्रति हामी ऐक्यबद्धता जाहेर गर्दछौँ ।

सो अपील एवं ऐक्यबद्धता जारी गर्नेहरुमा डा.पिताम्वर शर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा.महेश मास्के डा. अरुणा उप्रेती, नारायण ढकाल, बिमल निभा, डा.सुरेश ढकाल, डा. सरोज धिताल, सरिता तिवारी, धन कुमारी सुनार, कोमल भट्टराई, सुदिप श्रेष्ठ, सोमत घिमिरे, प्रकाश राई र हरि रोका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!