मंगलबार, आश्विन २०, २०७७ || 623  पटक पढिएको

आज प्रदेश ५ को सभामुखले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको पक्ष र विपक्षमा मतदानको घोषणा गर्दैछन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी प्रदेश सभा संसदील दलले हिजो नै प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने सरकारको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।

प्रदेशसभाका ८७ मध्ये ५८ सांसदले पक्षमा मतदान गर्दा प्रस्ताव पारित हुनेछ । नेकपासँग प्रदेशसभामा ६१ जना सांसद रहेकोले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ हुने निश्चितप्रायः छ ।

दाङको पक्ष र विपक्षमा नेकपा र नेपाली काँग्रेस दुवैतर्फ मतभेद छ । नेपाली काँग्रेसका केही सांसद पनि प्रस्तावको पक्षमा उभिएका छन् । काँग्रेस सांसद डिल्ली चौधरीले प्रस्तावको पक्षमा मतदान गर्ने घोषणा गरेका छन् । तर, नेकपाले ह्वीप उल्लंघन नगर्न कडा निर्देशन जारी गरिसकेको छ । यसकारण पनि दाङको पक्षमा प्रस्ताव पारित हुने सम्भावना छ । प्रस्तावको पक्षमा दुई तिहाई पुगेलगत्तै सभामुखले राजधानी दाङ भएको घोषणा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!