कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएको तीन दिनपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचासमेत गरेका छन् । अस्पतालबाट डस्चार्ज भए पनि ह्वाइट हाउसमा उनको कोडिभको उपचार जारी रहनेछ ।

अस्पतालबाट मरिन वान हेलिकप्टरमा उनी ह्वाइट हाउस पुगेका थिए । ‘म निकै राम्रो महसुस गरिरहेको छु,’ ट्रम्पले यसअघि ट्वीट गरेका थिए, ‘कोभिडसँग नडराऊ । यसलाई तिम्रो जीवनमा हावी हुन नदेऊ ।’

अमेरिकामा ७४ लाखभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ भने २ लाख १० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

डाक्टर तथा ह्वाइट हाउसबाट परस्पर विरोधी वक्तव्य आएपछि ट्रम्पको स्वास्थ्य अवस्थामा बारे अझै अन्यौलता रहेको छ । त्यस्तै, ह्वाइट हाउसमा संक्रमणको फैलावटको अवस्था पनि अज्ञात छ ।

निलो सुट, टाइ र मास्क लगाएर वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका ट्रम्पले सबैलाई धन्यवाद दिएका थिए । उनले पत्रकारहरुको प्रश्नको उत्तर भने दिन चाहेनन् ।

ह्वाइट हाउस पुगेर उनी एक्लै बरन्डामा देखिएका थिए । त्यसपछि उनले मास्क खोल्दै फोटोका लागि पोज दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!