सोमबार, आश्विन १९, २०७७ || 849  पटक पढिएको

विद्युतिय उपकरणको प्रयोग भएका अनलाइन कक्षाले बालबालिकाको आँखामा दिर्घकालिन असर पर्ने दृष्टि विशेषज्ञले जनाएका छन् । बढ्दो विद्युतिय उपकरणको प्रयोगले विद्यार्थीहरुको आँखामा विभिन्न किसिमका दिर्घकालिन समस्या आउने दृष्टि विशेषज्ञ दिपक कुमार साहले बताएका हुन् ।

‘दिनमा ४–६ घन्टाको अनलाइन कक्षा, त्यसपछि २–३ घन्टाको गृहकार्य र अनलाइन टिभी हेर्दा बच्चाहरुले दैनिक ८–१० घन्टा स्क्रिन हेरेर बिताइरहेका छन्,’ स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङमा विशेषज्ञ दिपक कुमार साहले भने, ‘यसले आँखामा तत्काल तथा दिर्घकालिन समस्या निम्त्याउँछ । ’

साहले विद्युतिय उपकरणबाट आउने विकीरणले मानिसहरुको निन्द्रामा गडबडी हुने समस्या आउने पनि बताए । उनले विकीरणबाट जोगिन बच्चाहरुलाई कोर्टेड चस्मा पाइने भएतापनि चस्माले बिद्यार्थीहरुमा पार्ने प्रभावको बारेमा अझैपनि अनुत्तरित रहेको जानकारी दिए ।

विद्युतिय उपकरणहरु बालबालिका भन्दा २० से.मी टाढा दुरीमा राख्नुपर्ने र लामो समयसम्म (३–६ घन्टा) विद्यालय उमेरका बालवालिका (३–१२) वर्ष सम्मका लाई अदुरदृष्टिको समस्या बढ्दै गएको पनि साहले बताए ।

अत्याधिक डिजीटल प्रविधिको प्रयोगमा अझै व्यापकता बढ्न सक्छ भन्दै साहले अनलाइन कक्षा बन्द गर्ने नभई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । विश्व स्वास्थ्य संगठनले ५ वर्ष मुनिका बालबालिकालाई १ घन्टा भन्दा कम समय मात्र डिजिटल उपकरण प्रयोग गर्न सल्लाहा दिएको उनले जानकारी दिए । ५ वर्ष माथिका बालबालिकाको हकमा भने केही समयको विश्राम लिएर लगभग २–३ घन्टामात्र प्रयोग गर्न उचित मानिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!