खबर ठुलो छ

सुदूरपश्चिम प्रदेश सभाका महिला सांसदहरुले बलात्कारीहरुलाई कडा सजाय हुने गरी कानुन निर्माण गर्न माग गरेका छन् । बलात्कारपछि हत्या भएकी बझाङ्गको मष्टा गाउँपालिका-२ की १२ वर्षीया बालिका सम्झना कामीको सम्झनामा आइतबार बोलन्या थली नामक संस्थाले आयोजना गरेको ‘सम्झनाको सम्झनामा’ शीर्षकको सम्वादमा प्रदेश सभाका महिला सदस्यहरुले सो धारणा राखेका हुन् । प्रदेश सांसद चुनकुमारी चौधरीले बलात्कारका दोषीले कुनै पनि अवस्थामा उन्मुक्ती नपाउने गरी कानुन बनाउनु पर्नेमा जोड् दिइन् । उनले महिलामाथि परिवारभित्र वा परिवार बाहिर भइरहेकाहिंसाका घटना न्यूनीकरणका लागि सबैले लाग्नु पर्ने बताइन् । बलात्कारीलाई फासीको सजाय हुनु पर्ने बताउँछिन् प्रदेशसभा सदस्य शान्ति नेपाली । ‘बलात्कारीलाई आजीवन काराबासवा फासी दिनुपर्छ,’ नेपालीले भनिन्, ‘बलात्कार, हत्याजस्ता गम्भीर प्रकृतिका अपराधका दोषीलाई ढाकछोप गर्नु हुँदैन । उनले समाजवाद, साम्यवाद जति कुरा गरे पनि महिला हिंसाका घटना दिनप्रति दिन बढ्दै गएको बताइन् । प्रदेशसभा सदस्य पूणर्ा जोशीको पनि उस्तै धारणा छ । उनले भनिन्, ‘सरकारको चाकरी गरेर अन्यायविरुद्धका आवाज रोकिदैनन् ।’ यदि सरकारले दोषीलाई उन्मुक्ती दिने काम गरे सरकारले गरेको गलत कामको विरोध गर्ने जोशीले बताइन् । ‘बलात्कारी जात, धर्म, परिवार, बिचार पार्टी केही हुँदैन’ सांसद जोशीले भनिन्, ‘त्यसैले कसैले मेरो छोरा, मेरो पार्टीको सदस्य वा आफन्त भनेर बचाउनु पर्ने जरुरी छैन ।’ अन्याय सहनु नै अपराध भएकोले अन्यायमा परेको थाहा पाए प्रतिकारमा उठनु पर्ने जोशीले बताइन् । उनले महिलामाथि भएका बलात्कार र हत्याका घटनामा समाज,युवा, राजनीतिकर्मी एकजुट हुनुपर्ने र यस्ता घटनाबारे परिवारमा सम्वादको खाँचो भएकोमा जोड दिइन् । ‘अहिले हरेक बलात्कारी र हत्यारालाई कहीँ न कहीँबाट संरक्षण छ र घरघरमा हुने अपराध अझ डरलाग्दो छ,’ जोशीले भनिन् बाहिर ल्याउँदा समस्या हुने धेरैको मनसाय भएकाले यौन हिंसा र बलात्कारका घटना भित्रभित्रै मिलापत्र हुन थालेका छन् ।’ कार्यक्रममा महिला अधिकारकर्मी गोमा आचार्यले कोरोना महामारीको समयमा महिलामाथि हुने हिंसा नरोकिएको बताइन् । उनले सम्झनाका दोषीलाई सरकार नै कम उमेर देखाएर कम सजाय दिलाउन लागि परेको आरोप लगाइन् । राजनीतिक व्यवस्था परिवर्तन भएपनि महिला हिंसाका घटनामा न्यूनीकरण नआएको बताइन् ।

सोमबार, आश्विन १९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • व्यवसायिक रुपमा पाँचौ पुस्ता (5G) सेवा सञ्चालन गर्ने पहिलो देश कुन हो ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया