कोरोना भाइरस (कोभिड-१९) को उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना समर्थकहरुलाई अभिवादन गर्न अस्पतालबाट बाहिर निस्किएका छन् । आइतबार उनी केही समयको लागि कारमा चढेर अस्पतालभन्दा बाहिर स्वास्थ्यलाभको कामना गरिरहेका समर्थकहरुलाई अभिभादन गर्न निस्किएका हुन् । ह्वाइटहाउसका प्रवक्त जु डीरेले केही समयको उनी बाहिर निस्केको र सो अवधिमा संक्रमण सर्न नदिन आवश्यक सतर्कता अपनाइएको बताएका छन् । अस्पतालबाट बाहिर निस्किँदा उनले मुखमा कालो मास्क लगाएका थिए । उनीभन्दा अगाडिको सिटमा पनि दुईजना मानिसहरु बसेका थिए । ट्रम्पलाई शुक्रबार वाल्टर रीड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनलाई उपचार गरिरहेका डाक्टरले ट्रम्पलाई अक्सिजन दिनुपर्ने अवस्था आएको बताएका छन् । त्यसका साथै उनलाई कोरोनाको उपचारको लागि सहयोग पुग्न सक्ने भनिएका केही औषधि पनि दिइएको छ । आइतबार सार्वजनिकस्थलमा देखिएसँगै उनको आलोचना भएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सका अध्यक्ष हकीम जेफ्रिजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुई लाख पाँच हजारभन्दा धेरै अमेरिकीको मृत्यु भएको छ । हामीलाई नेतृत्व चाहिएको हो । फोटो सेसन होइन ।’ यसअघि ट्रम्पको स्वास्थ्य अवस्था अघिल्लो दिनको तुलनामा झन् खराब बनेको समाचार आएको थियो । यस्तो अवस्थामा ट्रम्प सार्वजनिक स्थलमा निस्किएका हुन् ।
स्रोत :अलजाजिरा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!