शारीरिक श्रमको कमी, तना व, बदलिएको व्यस्त जिन्दगीका कारण मानिसहरुमा टाउको दुखा इको समस्या पछिल्ला दिनहरुमा बढिरहेको चिकित्सकहरुले बताएका छन् । जसले गर्दा तपाईंको काम प्र भावित हुन सक्छ भने समयमै वास्ता गरिएन भने भने यसले ठूलो समस्या ल्याउन सक्छ । टाउको दुखा इका लागि तपाईले घरेलु उपचार पनि गर्न सक्नुहुन्छ जसबाट तपाईंले छुटकारा पाउन सक्नुहुन्छ ।

पुदिना:- माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूर्ण मानिन्छ । पुरानो समयमा पनि टाउको दुखाईको उपचारको लागि पुदिना दिने गरिन्थ्यो । यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनलाई चियामा मिसाएर पिउन सक्नुहुन्छ । यसले तपाईंलाई तुरुन्त राहत प्रदान गर्छ ।

ल्वाङ र नुनको प्रयोग :- टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धती मानिन्छ । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस् । नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ ।

दालचिनी पाउडर :- टाउको दुखाईबाट आराम पाउनका लागि दालचिनी पाउडर पेष्ट एउटा राम्रो तरिका हो । उपयोगका लागि दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस् । अब यो पेष्टलाई टाउकोमा लगाउनुहोस् । यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुन्छ ।

कागती र तातो पानी:- लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।

लसुनको रस :- लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ । यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस् र कम्तीमा पनि एक चम्चा रस पिउनुहोस् । वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ ।

जीरा र अदुवाको रस :- धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ । यसलाई बनाउनका लागि थोरै तातो पानी लिनुहोस् र यसमा धनियाँ, जिरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस् । राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!