सोमबार, आश्विन १९, २०७७ || 511  पटक पढिएको

ओली वाट्किन्सले पहिलो हाफमा ह्याट्रिक गरेपछि प्रिमियर लिग च्याम्पियन लिभरपुरमाथि एस्टन भिल्लाले ७–२ को अविष्मरणीय जीत हासिल गरेको छ ।

कीर्तिमानी रकम खर्चेर भिल्लाले अनुबन्ध गरेको वाट्किन्सले आइतबार रातिको खेल अघि कहिल्यै प्रिमियर लिगमा गोल गरेका थिएनन् । तर, लिभरपुलको हाइलाइन र व्यक्तिगत गल्तीको फाइदा उठाउँदै ३९ मिनेटभित्र आफ्नो ह्याट्रिक पूरा गरे ।

कप्तान ज्याक ग्रिलिसले दुई गोल गरे भने तीनवटा गोलको अवसर सिर्जना गरे । अन्य गोल जोन म्याक गिन र रोस बार्क्लेले गरे । लिभरपुलका लागि मोहमद शलाहले दुई गोल गरे पनि उक्त गोल सान्तवना गोल मात्र बन्यो ।

लिभरपुलले एउटा खेलमा सात गोल खाएको सन् १९६३ पछि पहिलो पटक हो भने प्रिमियर लिगमा सन् २०१९ को जनवरी पछि पराजित भएको यो मात्र चौँथो पटक हो । गत सिजन अन्तिम दिनमा रेलिगेसनबाट जोगिएको भिल्लाले सन् १९६२ पछि कै उत्कृष्ट शुरुवात गर्दै लिभरपुललाई उछिन्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

चोट र कोरोनाभाइरसका कारण गोलकिपर एलिसन, साडियो माने र थियागो बिना मैदानमा उत्रेको लिभरपुलले योर्गन क्लपको नेतृत्वमा बेहोरेको सबैभन्दा लज्जास्पद पराजय हो । यसअघि पहिलो रोजाइको टोली क्लब विश्वकपमा भाग लिँदा काराबाओ कपमा अन्डर २३ टोली उतार्दा लिभरपुल ५–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!