बिहिबार, माघ ०२, २०७६ || 731  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, २ माघ :मोरङको पथरी शनिश्चरेमा रहेको नगर अस्पताललाई हेल्पिङ हेण्ड नामक संस्थाले आज १५ लाख बढी रुपैयाँका अस्पतालजन्य अत्याधुनिक सामग्री प्रदान गरेको छ ।
वर्क फर नेपालको समन्वयमा हेल्पिङ हेण्ड झापामार्फत १५ लाख ४३ हजार रुपैयाँ बराबरका सर्जिकल तथा बेड लगायतका आवश्यकीय सामग्री प्रदान भएको हो ।
एक कार्यक्रमबीच हेल्पिङ हेण्डका नेपाल निर्देशक खालिङ मोसिन र वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले नगर प्रमुख दिलीपकुमार राई, अस्पतालका अध्यक्ष यामप्रसाद गुरागाईं सहितलाई सामग्री हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै नगर प्रमुख राईले २ दिन अघि यूएनएचसीआरले ३ लाख बढीको सामग्री हस्तान्तरण गरेको प्रसंग समेत जोड्दै नगर अस्पताललाई संघ संस्थाहरुले सहयोग पुर्याएकोप्रति खुसी व्यक्त गर्नुभयो । भर्खरै सुरु भएको नगर अस्पतालका लागि स्थानीयले १२ कठ्ठा बढी जग्गा दान गरिसकेको र अझै १३ कठ्ठा थप जग्गा दान गर्न तयार रहेको कुराले हौसला मिलेको उहाँले बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाको तर्फबाट हेल्पिङ हेण्डलाई सम्मानपत्रले सम्मानित समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!