सुशान्त सिंह राजपुतको निधनपछि बलिउड कलाकार कंगना रनौटले फिल्म उद्योगमा भतिजावादलाई लिएर खुलेर विरोध गर्दै आएकी छिन् । कंगनाले लगातार एकै बयान दिदै आएकी छिन् ।

हाल कंगनाले सुशान्तको मृत्युको जवाफ माग्दै एक ट्विट गरेकी छिन्, जसमा उनले एम्सको रिपोर्टको खन्डन गर्दै दिवंगत अभिनेताको निधनको ‘फाँसी र आत्महत्याद्वारा मृत्युको विषय’ लेखेकीे थिइन् ।

एम्सको रिपोर्टमा सुशान्तको मृत्यु विषयमा हत्याको दावी खारेज गरी दिएको छ । एम्स फारेन्सिक मेडिकल बोर्डका अध्यक्ष सुधीर गुप्ताले घाटीमा डोरीको डाम बाहेक अन्य कुनै चोट नभएको बताएका थिए । यसै रिपोर्टलाई कंगनाले आफ्नो प्रतिक्रिया दिदै ट्विट गरेकी छिन्, ‘युवा र असाधारण व्यक्ति एकदिन अचानक गएर आफै मर्न सक्दैन । सुशान्तले भनेका थिए उनलाई उत्पीडन गरिएको थियो । बाहिर फ्याँकिएको थियो । मुवी माफियाले सुशान्तलाई प्रतिबन्ध गरेका थिए । उनलाई गलत बलात्कारको आरोपबाट मानसिक रुपमा प्रभावित भएका थिए । ’

एम्सको रिपोर्टमा सुशान्तको मृत्युको बारेमा कडा रुपमा केहि प्रश्न पनि गरेकी छिन् । सुशान्तको परिवार, साथी र फ्यानहरुले सीबीआइृले अनुसन्धान गर्न माग गरेपछि हाल सीबीआइले जाँच गरिरहेको छ । सीबीआईलाई आत्महत्या नभएर हत्याको कोणले अनुुन्धान गर्न घरपरिवारले माग गरिरहेका छन् । उनका परिवार र वकिल हाल भैरहेको सीबीआईले गरेको अनुसन्धानको तरिकाबाट खुशी छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!