आइतबार, आश्विन १८, २०७७ || 568  पटक पढिएको

अक्षय कुमारले लामो समयपछि सुशान्त सिंह राजपुत र बलिउडमा लागुऔषधको मुद्दा बारे आफ्नो मौनता तोडेका छन् । उनले ट्विटर मार्फत भिडियो जारी गर्दै उनले यस विषयमा आफ्नो राय व्यक्त गरेका छन् । उनले फ्यानहरुसँग सबै फिल्म उद्योगलाई एकै तराजुमा न तौलन पनि अपिल गरेका छन् ।

उनको यस अपिललाई करण जोहरलगायत धेरै कलाकारहरुले सर्मथन गरेका छन् । अक्षय कुमारले भिडियो जारी गर्दै भनेका छन्, ‘आज धेरै भारी मनले कुरा गरिरहेको छु, पछिल्लो केहि हप्तामा धेरै देखियो । फिल्मको माध्यमबाट हाम्रो देशको महत्व र सस्कृतिलाई विश्वका कुना कुनामा पु¥र्याइरहेका छौ । देशका जनताको भावनालाई फिल्मको माध्यमबाट अभिव्यक्त गरीरहेका छौ ।’

अक्षय कुमारले अगाडी भने, ‘सुशान्तको मृत्युपछि यति धेरै समस्याहरु आएका छन्, जुन कुरा हामीलाई पनि दुखी बनाएको छ । लागुऔषधको बारेमा उनले भने, ‘ लागुऔषधको समस्या समाधान गर्न सकिन्छ ।’

अक्षय कुमारले फ्यानलाई एकै तराजुमा सबैलाई राखेर न तौलन पनि अपिल गरे । यसको साथ अक्षय कुमारले मिडियालाई कुनै पनि मुद्दामा आफ्नो आवाज उठाउँदा संवेदनशीलता राख्न आग्रह गरे । अन्तमा उनले बलिउड उद्योगमा परिर्वतनका प्रयासहरु बारेपनि कुरा गरे ।

उनको यो भिडियोलाई बलिउडका करण जोहर, सिद्वार्थ मलोहत्रा, अंगद बेदी र वरुण धवनले पनि सर्मथन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!