आइतबार, आश्विन १८, २०७७ || 795  पटक पढिएको

जनता समाजवादी पार्टी (नेकपा) सप्तरीले जिल्लाका पार्टी केन्द्रीय सदस्यलगायतलाई कारवाहीका लागि गरेको सिफारिस फिर्ता लिएको छ ।

जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको रोहवरमा सप्तरीमा भएको छलफलले सो कारवाही फिर्ता लिएको केन्द्रीय सदस्य अशोक यादवले बताए ।

संविधान दिवसको दिन असोज ३ गतेको कार्यक्रममा आसनग्रहणको विषयमा भएको विवादमा दोषी देखाएर सप्तरीका अध्यक्ष केदार यादवले जिल्ला सदस्यहरु भिमराज यादव र लक्ष्मण यादवलाई निलम्बन गरेका थिए भने केन्द्रीय सदस्य अशोक यादव र प्रदेश कमिटिमा समेत रहेका भिमराज यादवलाई कारवाहीका लागि केन्द्रमा सिफारिस पठाएका थिए ।

विवादमा मुछिएकाहरु आआफ्नो कमिकमजोरी र त्रुटिको लागि आत्मालोचना समेत गरेका छन् । निलम्बितहरुको निलम्बन समेत फुकुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!