कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो । विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड-१९ उपचार केन्द्र विराट मेडिकल शिक्षण अस्पतालमा उपचाररत उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार श्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड–१९ उपचार केन्द्रमा रेफर गरिएको केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । बस्नेतका अनुसार ती व्यक्तिमा मधुमेहको समस्या थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!