नेपाल प्रहरीबाट अवकास प्राप्त प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्कालाई साईबर अपराध मुद्दामा अदालतले ५० हजार जरिवाना हुने फैसला गरेको छ । खड्काले चलाएको फेसवुक आइडीबाट आफ्नी बुहारीलाई अश्लील गाली गरेर म्यासेज पठाएपछि ०७५ असोजमा महानगरीय अपराध महाशाखाले उनलाई पक्रेको थियो । भाईबुहारी समुना खड्काले उनीबिरुद्ध जाहेरी दिएकी थिइन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश रामप्रसाद न्यौपानेले उनलाई ५० हजार जरिवाना र जाहेरवालालाई २५ हजार क्षतिपुर्ति भराउने फैसला गरेका हुन् । खड्का नेपालञ्ज उप–महानगरपालिका–१३ का स्थानीय हुन् ।

विद्युतीय (ईलेक्टोनिक) कारोवार ऐन–०३३ को दफा ४७ (१) विपरितको कसुर र सोही ऐनको दफा ४७ (१) बमोजिम उनलाई जरिवाना गरिएको अदालतको फैसलामा उल्लेख छ ।

०७५ असोज ७ मा पक्राउ परेका खड्का असोज २१ मा १ लाख धरौटीमा छुटेका थिए । खड्का र उनको भाई–बुहारीको बीचमा अंश मुद्दा पनि चलिरहेको छ ।

साभार :- रातोपाटी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!