कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि कर्मचारी सञ्चय कोषको ठमेलस्थित कार्यालय बन्द गरिएको छ। आज आइतबार र सोमबार दुई दिन कार्यालय बन्द गरिने कोषले सूचना निकालेर जानकारी दिएको छ। ‘कोषको ठमेल कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न असोज १८ र १९ गते कार्यालय बन्द हुने सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ। तर यस अवधिमा कोषबाट प्रवाह हुने अनलाइन विशेष सापटी सेवा भने यथावत नै रहने कोषले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!