राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्य लाभको कामना सन्देश पठाएकी छन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएकी हुन्। सन्देशमा राष्ट्रपति भण्डारीले कोरोना नियन्त्रण र महामारीका बेला र महामारीपछि पनि मानिसको स्वास्थ्य र अर्थतन्त्रलाई जोगाउन ठोस कदम चाल्नु पर्ने कुरामा जोड दिएकी छन्। राष्ट्रपति भण्डारीले आगामी दिनमा नेपाल-अमेरिकाको बहुआयामिक सम्बन्ध अझ मजबुद् हुँदै जाने आशा पनि सन्देशमा व्यक्त गरेकी छन्। ट्रम्प र उनकी पत्नी मेलानियालाई शुक्रबार कोरोनाभाइरसको संक्रमण भएको थियो। कोरोनाको हल्का लक्षण देखिएका ट्रम्पलाई सैनिक अस्पतालमा भर्ना गरिएको छ। आइतबार बिहान एक भिडिओ जारी गर्दै उनले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!