आइतबार, आश्विन १८, २०७७ || 815  पटक पढिएको

सुशान्तको हत्या नभई आत्महत्या भएको पुष्टि भएको छ। अल इण्डिया मेडिकल इन्सिट्यूट अफ मेडिकल साइन्सेस(एम्स)को फरेन्सिक चिकित्सा विभागबाट गठित मेडिकल बोर्डले यसको पुष्टि गरेको हो।’यो झुण्डिएर गरिएको आत्महत्याका कारण भएको मृत्यु हो’, बोर्डका अध्यक्ष डा. सुधिर गुप्ताले भने। गुप्ता सुशान्तको मृत्युको अनुसन्धान गर्न गठित फरेन्सिक बोर्डका अध्यक्ष हुन्।अभिनेता सुशान्त मुम्बई स्थित आफ्नो अपार्टमेन्टमा जुन १४ मा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। ‘दिवंगत अभिनेताको शरिरमा झुण्डिदां बन्ने चोट बाहेक अन्य चोट भेटिएन। हामीले शरीर र कपडामा कुनै संघर्ष वा झगडाको कुनै निशान फेला पारेनौं’, गुप्ताले भने। यसअघि घटनाको जाँच गरेको मुम्बई प्रहरीले केन्द्रीय जाँच ब्यूरोलाई अगस्टमा आफूहरू सुशान्तले झुण्डिएर आत्महत्या गरेका हुन् भन्नेमा विस्वस्त भएको र घटनामा प्रमाणसँग छेडखानी नगरेको बताएका थिए।

यध्यपी राजपुत परिवारका वकिल विकाश सिंहले सेप्टेम्बर २५ मा यसलाई घाँटी थिचेर हत्या गरिएको बताउँदै सिबिआईले यसलाई हत्या बताउन ढिला गरेकोमा आफू निराश भएको बताएका थिए। एम्सले भिसेरा परीक्षण गर्दै सुशान्तको मृत्यु विषबाट नभएको पुष्टि गरेको छ। डा. गुप्ताले परीक्षणमा विषको कुनै पनि संकेतहरू नपाइएको बताए।

मुम्बईको फ्रेन्सिक प्रयोगशालाले पनि मुम्बई प्रहरीलाई यही रिपोर्ट दिएको थियो। श्रोतले एम्सको टोलीले घटनाको जाँच गरिरहेको सिबिआइसँग परीक्षणबाट प्राप्त नतिजाका बारेमा छलफल गरेको जनाएको छ। यध्यपी आफूलाई प्राप्त नतिजा एम्सले सिबिआइलाई लिखितरूपमा बुझाए-नबुझाएको बारेमा केही स्पष्ट हुन सकेको छैन। सेप्टेम्बरमा एम्सको फ्रेन्सिक टोलीले मुम्बईस्थित सिंहको अपार्टमेन्टमा पुगेर जाँच गरेको थियो। योसँगै उनीहरूले सुशान्तको शवको पोस्टमार्टम गरेका कुपर अस्पतालका डाक्टरहरूसँग पोस्टमार्टमका बारेमा जानकारी लिएको थियो। पछि पोस्टमार्टम गरेको फरेन्सिक युनिटसँग सिबिआइले घाँटी थिचेर हत्या गरिएको होइन भन्ने निचोडमा कसरी पुगे भनेर सोधपुछ गरेको थियो। मेडिकल बोर्ड श्रोतले सुशान्तको मृत्यु हत्या नभई आत्महत्या हो भन्ने निचोडमा पुग्न एक महिनाभन्दा बढी लागेको जनाएको छ। पोस्टमार्टम गर्दाको भिडिओ प्राप्त नभएकाले निचोडमा पुग्न यत्रो समय लागेको हो। ‘अस्पतालसँग शरिरको अटोप्सी गरिरहँदाको बखतको फोटोसमेत थिएन’, श्रोतले भन्यो। यध्यपी श्रोतले बोर्डले यो निष्कर्ष सबै उपलब्ध प्रमाणहरूको विश्लेषणका आधारमा निकालको हो। ‘यो हाम्रो अन्तिम निचोड हो। हामीलाई यो केसका लागि दिइएको काम सकिएको छ र यसलाई समाप्त भएको मानिनुपर्छ’, बोर्डका एक सदस्यले भने।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!