अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प हाल वाल्टर रीड अस्पतालमा छन् । उनलाई शुक्रबार अस्पताल लगिएको थियो । उनी अब केही दिन वाल्टर रीड अस्पतालस्थित राष्ट्रपति कार्यालयबाटै काम गर्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्ति जारी गर्दै भनेकी छिन् ।

ट्रम्पले अस्पताल भर्ना भएको केही समयपछि नै एक भिडियो सोसल मिडियामा प्रकाशित गरेका छन् । यसमा उनले स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै अबका केही दिन आफ्नो लागि वास्तविक परीक्षण भएको बताएका छन् ।

‘मेरो स्वास्थ्यस्थिती खासै राम्रो थिएन त्यसैले यहाँ आएँ । अहिले म निकै राम्रो महसुस गरिरहेको छु । उहाँहरुले मेरो स्वास्थ्य राम्रो बनाउन असाध्यै मिहिनेत गरिरहनुभएको छ, म जसरी पनि फर्कनैपर्छ किनभने हामीले अमेरिकालाई पुनः महान् बनाउनैपर्छ,’ उनले कार्यालयको अफिस डेस्कमा बसेर भने ।

यस्तै उनले भने, ‘मलाई लाग्छ, म चाँडै नै फिर्कनेछु । चुनावी अभियान जसरी सुरु भएको थियो, त्यसरी नै समाप्त होस् भन्ने मेरो चाहना छ ।’ विश्वव्यापी रुपमा कोरोनाविरुद्धको अभियानमा आफू प्रतिबद्ध भएको उनले बताए ।

उनले भने, ‘मलाई अमेरिकाबाट शुभकामना पठाउनेहरुलाई धन्यवाद दिन चाहन्छु र विश्वभरीबाट ममाथि सहानुभूति प्रकट गरिदिनेहरुप्रति पनि आभारी छु ।’

‘मलाई लाग्छ नतिजा निकै राम्रो आउनेछ । अबको केही दिनभित्र यसबारे पक्कै थाहा होला । ममाथि माया बर्साउने सबैलाई धन्यवाद,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!