करिना कपुर खानको पाँच महिनाको गर्भावस्था चलिरहेको छ । उनी यतिबेला आफ्नो काममा व्यस्त छिन् । करिनाले हालै आफ्नो फोटो सेयर गरेकी छिन् । फोटोमा उनले लेखेकी छिन्, ‘पाँच महिना र थप बलियो हुँदैछु ।’

भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई मान्ने हो भने करिना आजकाल दिल्लीमा नै छिन् र आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङ गरिरहेकी छिन् । करिनासँग सैफ र तैमुर पनि दिल्लीमा नै छन् । यसका साथै सेटमा करिनाको सुरक्षाको पूरा प्रबन्ध मिलाइएको छ ।

https://www.instagram.com/p/CF3vBjypssW/?utm_source=ig_embed
लाल सिंह चड्डामा देखिने छैन करिनाको ‘बेबी बम्प’

साधारणतया पाँच महिनासम्म बेबी बम्प देखिन थालिसकेको हुन्छ । यस्तोमा करिनाले कसरी सुटिङ गरिरहेकी छिन् भनेर प्रश्न उठ्न सक्छ । रिपोर्टका अनुसार करिनाको बेबी बम्प लुकाउनका लागि भिएफएक्सको प्रयोग गरिनेछ ।

दोस्रो गर्भावस्थामा यो गल्ती दोहोराउन चाहन्नन् करिनाः

केही दिन अघि एक अन्तरवार्तामा करिनाले आफूले दोस्रो गर्भावस्थामा पहिलेका केही गल्ती दोहोराउन नचाहेको बताइन् । करिनाले भनेकी थिइन्, ‘तैमुरको समयमा जब म गर्भवती थिएँ तब मलाई धेरैले अत्यधिक खाना खान सुझाए त्यसैले मेरो २५ किलो तौल बढेको थियो । म फेरि त्यहि गल्ती दोहोराउन चाहन्नँ । मलाई त स्वस्थ र फिट रहनुछ । पहिलो पटक गर्भवती हुँदा धेरैले मलाई पराठा खान, घ्यू खान, दुध खान सल्लाह दिनुभयो । अब त म यो भन्छु कि ‘हेर यो सबै कुरा मैले गरिसकेँ’ । मलाई थाहा छ मेरो शरीरलाई के कुराको आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!