शनिबार, आश्विन १७, २०७७ || 516  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक सत्ता संकट टारेका छन् । उनले यसै वर्षभित्र परेको दुईवटा सत्ता संकट टारेपछि आफूलाई झन् बलियो बनाएका छन् । पार्टीभित्र अध्यक्ष या प्रधानमन्त्री दुवैबाट हटाउने प्रयास विफल पारेपछि ओली पुरानै लयमा फर्किएका छन् ।

पार्टीमा सहमति निर्माण गरेर सबै विरोधीलाई तह लगाएका उनले फेरि प्रभाव देखाउन थालेका छन् । हालै राजदूत नियुक्तिको सिफारिश देखि कतिपय नियुक्तिमा दबाबलाई बेवास्ता गरेबाट उनको प्रभाव देखिन थालेको हो । राजदूतमा डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीको सिफारिशमा उनले पार्टीभित्र परामर्श समेत गरेनन् । जबकि पार्टीसँग समन्वय गरी सरकार सञ्चालन गर्ने सहमति बनेको थियो ।

ओलीले प्रचण्डको दबाबका बाबजुद नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेनन् । यतिमात्र नभई संवैधानिक आयोगहरुको नियुक्तिमा पनि उनले आफ्नै प्रभाव प्रदर्शन गर्न खोजेका छन् । अख्तियारमा प्रमुख आयुक्त र दुई आयुक्त खाली छ । त्यसमा उनले कम्तिमा दुईजना आफ्नो कोटाको राख्ने अडान छाडेका छैनन् । विश्वस्त स्रोतका अनुसार ओलीले दुवै नाम तयार गरिसकेका छन् ।

नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठनको दबाब बढिरहेको छ । तर, ओलीको आफ्नै चाहना देखिएको छ । उनले मन्त्रिमण्डल फुटाएर २५ बनाउने र त्यसमा कम्तिमा १५ जना आफ्नो सुचीको बनाउने तयारी गरेका छन् । बाँकीमध्ये प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमको कोटाबाट बनाउने रणनीति बनाएको बुझिएको छ । यतिसम्मकी उनले प्रचण्ड निकट भनिएका केहीलाई मन्त्री बनाउने तयारी गरेर प्रभाव बढाउन खोजेका छन् । टोपबहादुर रायमाझी र हरिबोल गजुरेल ओलीको रोजाईमा परेका छन् । लेखराज भट्टले पनि निरन्तरता पाउने देखिएको छ ।

ओलीको संसदीय दलमा बलियो प्रभाव देखिन थालेको छ । त्यसैले सचिवालयका चारजना प्रभावशाली नेता एकजुट हुँदा पनि उनलाई हटाउने साहस गर्न सकेनन् । ओलीले पार्टी फुटाउने सम्मको रणनीति चालेर त्रसित बनाए । नेताहरु पछि हटे । त्यसले ओलीलाई झन् बलियो बनाएको छ ।

नेकपाभित्र बामदेवको उपप्रधानमन्त्री बन्ने महत्वाकांक्षालाई समेत असफल बनाउने ओलीको तयारी देखिदैछ । विगतमा बामदेवलाई आफूतर्फ तानेर सत्ता संकट टारेका उनले साइजमा राख्ने रणनीति बनाएको देखिन्छ । यसरी पार्टीभित्रका आन्तरिक प्रतिष्पर्धीलाई कमजोर बनाउँदै ओलीले नेकपाभित्र मात्र नभई देशमै एकछत्र राज गर्ने शैली अपनाएका छन् । पार्टीभित्र उनले बलियो पकड बनाएका छन् । बाहिर पनि प्रतिपक्षी दललाई चेक एन्ड ब्यालेन्समा राखेका छन् ।-फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!