शनिबार, आश्विन १७, २०७७ || 451  पटक पढिएको

वडासचिव नहुँदा बैतडीका वडा कार्यालयको कामकाजमा समस्या आउने गरेको छ । जिल्लाका ८४ मध्ये ३० वडामा सचिव अभाव रहेको छ ।

वडामा दरबन्दीअनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरुले जनाएका छन् । सचिव नभएका वडाहरुमा प्राविधिक सहायक खटाएर सचिवको काम भइरहेको सुर्नया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले बताए । पाटन नगरपालिकाका १० वटै वडामा दरबन्दीअनुसारका सचिव नभएका कारण प्राविधिक सहायकहरुले नै सचिवको काम गरिरहेका छन् ।

पुर्चौंडी नगरपालिकाका १० मध्ये नौ वडामा सचिव छैनन् । ती वडामा प्राविधिक सहायकले नै सचिवको काम गरिरहेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले जानकारी दिए । उनले भने, “वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।”

यस्तै डिलाशैनी गाउँपालिकामा ७ नम्बर वडामा मात्रै सचिव नभएका र अरु वडामा सचिवको दरबन्दी पदपूर्ति भएको गाउँपालिकाले जनाएको छ । यस्तै दोगडाकेदार गाउँपालिकाको पनि ७ नम्बरमा मात्रै सचिव छैनन् भने अरु सबै वडामा सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए । सिगास गाउँपालिकाको वडा नं, ४, ७ र ९ गरी तीन वडामा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको ७ नं वडामा पनि सचिव नरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए । यस्तै पञ्चेश्वर गाउँपालिकाका छमध्ये वडा नं २, ४ र ५ मा सचिव नरहेका गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिए । शिवनाथ गाउँपालिकाको वडा नं ४ बाहेक सबैमा सचिव रहेका गाउँपालिकाले जनाएको छ । मेलौली नगरपालिकाका नौमध्ये तीन वडामा सचिव छैनन्् । वडा नं १, ५ र ९ मा प्राविधिक सहायकले काम गरिरहेका नगरपालिकाले जनाएको छ ।

वडाहरुमा सचिव नहुँदा दैनिक कामकाज निकै प्रभावित भइरहेको जनाएको छ । स्थानीय बासिन्दाले समयमै सेवा नपाएको समेत गुुनासो गर्ने गरेका छन् । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी ८४ वडा छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!