बागलुङको आन्तरिक तथा अन्तर जिल्ला संचालन हुने सार्वजनिक सवारी साधनले स्वास्थ्य सुरक्षा मापदण्डलाई बेवास्ता गरेका छन् । तर यातायात व्यवसायीहरुले विगतमा तोकिएको भन्दा ५० प्रतिशत बढी भाडा असुल गर्न पाउने सुविधा कार्यान्वयन गरे पनि सार्वजनिक यातायात संचालन निर्देशिका–२०७७ मा तोकिएको मापदण्ड कार्यान्वयन गरेका छैनन् ।

सवारी साधनले प्रत्येक खेपपछि निर्मलीकरण गर्ने, एक पटक सवारी साधन प्रयोग गरे पछि आवश्यकता अनुसार सिटको सरसफाई गर्ने, सवारी भित्र सामाजिक दुरी कायम गर्ने, यात्रुको लागि स्यानीटाइजर उपलब्ध गराउने, सहचालक वा यातायात सेवाका अन्य कर्मचारीले सवारी प्रवेश गर्ने बेलामा दुई वटै हातमा स्यानीटाईजर लगाएर सफा गर्नुपर्ने शर्त उल्लेख भए पनि चालकहरुले मापदण्डलाई नजरअन्दाज गरेका छन् ।

यातायात व्यवस्था कार्यालय बाग्लुङले सार्वजनिक यातायात स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालन भए÷नभएको सम्बन्धी मध्यपहाडि लोकमार्गमा गरेको अनुगमनको क्रममा सवारी धनीले ५० प्रतिशत बढी भाडा ल्याउने पाउने सुविधा बाहेकका अन्य सुरक्षा मापदण्ड पालना नभएको पाइएको हो ।

विभागले छोटो, मध्यम र लामो दुरीमा जिल्ला भित्र तथा अन्तर जिल्लामा संचालन हुने नीजि तथा सार्वजनिक सवारीको अनुगमन गरेको थियो । सात वटा सूचकको आधारमा गरेको अनुगमनमा १५ प्रतिशत सवारीले सिट क्षमताको आधारमा ५० प्रतिशत बढी यात्रु राखेको, भौतिक दुरी कायम नगरेको, १० प्रतिशत यात्रुले मास्कको प्रयोग नगरेको यातायात व्यवस्था विभाग बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिनुभयो । २० प्रतिशत सवारी साधनले ढोकामा र सवारी भित्र सेनिटाईजरको व्यवस्था नगरेको, ९० प्रतिशत चालक र तथा सहचालकले भाईजर र पन्जा प्रयोग नगरेको, १५ प्रतिशले तोकिएको ५० प्रतिशत थप भाडा भन्दा बढी भाडा लिने गरेको कार्यालय प्रमुख थापाको भनाइ छ ।

अनुगमनको क्रममा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका सवारी चालक तथा यात्रुहरुलाई नीजि तथा सार्वजनिक सवारी साधनले अपनाउनु पर्ने स्वास्थ्य तथा सुरक्षा मापदण्ड समावेश गरिएको सचेतनामूलक पर्चा वितरण गर्दै सावधानी अपनाउन अनुरोध गरिएको थियो । सार्वजनिक यातायातको प्रयोग गर्दा कोरोनाको संक्रमण हुन नदिन वा यसको जोखिम न्युनिकरण गर्न विशेष सतर्कता अपनाउनु पर्ने हुँदा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १५३ मा भएको प्रावधान तथा यातायात व्यस्था नियमावली २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गरी यातायात व्यवस्था विभागले कोभिड १९ सार्वजनिक यातायात सचालन निर्देशिका २०७७ जारी गरेको छ ।

सार्वजनिक यातायातमा सुरक्षा मापदण्ड कार्यान्वयनको विषयलाई ट्र«ाफिक प्रहरीले अनुगमन थालेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक शिव पाठकले जानकारी दिनुभयो । तोकिएको भन्दा बढी भाडा असुल्ने सवारी चालकलाई कारवाही स्वरुप एक हजारदेखि १५ सयसम्म जरिवाना गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!