बिहिबार, माघ ०२, २०७६ || 828  पटक पढिएको

हिपमत डटकम
बिराटनगर ,२ माघ :नेपाली सिने तथा संगीत नगरिमा सार्बजनिक हुने गीतको भिडियोमा खुबै लोकप्रियता कमाएका नायक नायिका पल शाह र बर्षा राउत अभिनित थारु गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक तथा संगीतकार नरेश जोगीले माघीको अवसर पारेर ‘पहाडी बठनिया’ बोलको थारु भाषाको गीत बजारमा ल्याएका हुन् ।

नरेशकै आफ्नै शब्द संगीत र स्वर रहेको गीतको भिडियोमा नायक पल र नायिका बर्षाले खुबै रमाएर अभिनय गरेका छन् । यसअघि पल र बर्षाले थारु भाषाको गीतमा कम्मर मर्कार्का थिएनन् । पहिलो पटक थारु गीतको भिडियोमा अभिनय गरेका यी जोडिलाई धेरैले राम्रो प्रतिक्रिया दिएका छन् ।

नरेशलाई गीतमा गायिका कामना प्रसाईले साथ दिएकी छन् ।अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियो मिलन बिश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!