शनिबार, आश्विन १७, २०७७ || 562  पटक पढिएको

लिभरपुलका फरवार्ड साडियो माने कोरोना भाइरसबाट संक्रमित भएपछि शुक्रबारदेखि ‘आइसोलेसन’ मा गएका छन् । यसअघि लिरभपुलका अर्का खेलाडी थिएगो एलकान्टारको कोभिड–१९ परीक्षण पनि ‘पोजिटिभ’ आएको थियो एलकान्टार संक्रमित भएको तीन दिनपछि मानेलाई पनि भाइरसले छोएको हो । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि ३–१ जित हात पारेको खेलमा मानेले सहभागिता जनाएका थिए । तर बिहीबार लिगकपमा आर्सनलसँग हार बेहोर्दा उनी टोलीमा थिएनन् । अब लिभरपुलले लिगमा एस्टन भिल्लाको सामना गर्दा पनि माने उपलब्ध हुनेछैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!