शनिबार, आश्विन १७, २०७७ || 601  पटक पढिएको

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल भुक्तानी अग्रिम रुपमै पनि गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले आफूले विगतमा खपत गर्दै आएको विद्युत् परिमाणको अनुमानका आधारमा पूर्व भुक्तानी गरेमा दुई प्रतिशत छुट पनि दिइने जनाएको छ । प्राधिकरणले विद्युत् मिटर रिडिङ मितिको सात दिनभित्र रकम भुक्तान गरे २ प्रतिशत छुट (रिबेट) दिँदै आएकामा यसलाई अग्रिम भुक्तानीमा पनि कार्यान्वयन गरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताउनुभयो ।
साथै, कोरोना महामारिका कारण विद्युत् मिटर रिडिङ हुन नसकेका ग्राहकलाई आफैँले मिटर रिड गरेर बिजुलीको बिल तिर्न आग्रह गरेको छ । प्राधिकरणले मिटर रिडिङ गर्ने निर्धारित मितिमा ग्राहक स्वयंले नै सम्बन्धित कार्यलयमा जानकारी गराएर त्यस्तो बिल भुक्तानी सात दिनभित्र गरेमा दुई प्रतिशतसम्म छुट पाइने व्यवस्था रहेको स्मरण गराएको छ ।

प्राधिकरणले ग्राहकलाई जरिवानाबाट बच्न तथा समयसमेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ । यसैगरी, गत भदौमा देशका अधिकांश स्थानमा बन्दाबन्दीका कारण विद्युतको मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसकेकाले छुट तथा जरिवानाको समयलाई हेरफेरसमेत गरेको छ । यसअनुसार भदौको महसुल भुक्तानी असोज २२ गतेसम्म गर्दा कुनै थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । तर असोजदेखिको महशुलमा भने यस्तो सुविधा हुनेछैन ।
विद्युत महसुल संकलन विनियमावली २०७७ अनुसार ग्राहकले मिटर रिडिङ हुने दिनसमेत गरी ७ दिनभित्र बिल भुक्तानी गर्दा बिल रकममा दुई प्रतिशतसम्म छुट पाइँदै
आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!