शनिबार, आश्विन १७, २०७७ || 1191  पटक पढिएको

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू यतिवेला १४औं महाधिवेशन लक्षित भेटघाट र कार्यक्रममा व्यस्त छन् । सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा आफू सभापतिमा लड्ने बताउँदै सोहीअनुसारको तयारी थालेका छन् । उता, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूपनि महाधिवेशन लक्षित भेटघाटमा व्यस्त छन् । कांग्रेसको १४औं अधिवेशन फागुनमा हुने भनिएको छ । तर, कोरोनाका कारण महाधिवेशनको निर्धारित मिति पर धकेल्ने सभापति देउवाको तयारी छ । यसमा वरिष्ठ नेता पौडेल समूहको कडा आपत्ति छ । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले महाधिवेशनको मिति सार्न नहुनेमा जोड दिँदै आएका छन् । छिमेकी देश भारतमा चुनावको तयारी भैरहँदा नेपाली कांग्रेसले भने कोरोनालाई बहाना देखाउनु गलत हुने उनको तर्क छ ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका आकांक्षीहरु धेरै छन् । सभापति देउवा समूहमा देउवाका अलावा वर्तमान उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्नेगरि तयारी थालेका छन् । उनले पछिल्ला दिनमा नेताहरुसँग भेटवार्तालाई तिव्रता बनाएका छन् । हालै उनले प्रदीप गिरी र कृष्ण प्रसाद सिटौलासँग भेट गरेका थिए । उक्त भेटमा निधिले आफूले सभापतिमा लड्ने तयारी गरेकोले सहयोग गर्न आग्रह गरेका थिए । देउवालाई सुरुदेखि नै साथ दिँदै आएका निधिले यसपटक भने आफूलाई नै नेतृत्वमा दाबी प्रस्तुत गरिरहेका छन् । धेरैले निधिको यो तयारीलाई लिएर आश्चर्य मानेका छन् ।

उता, पौडेल समूहमा भने नेतृत्वको लागि आकांक्षीहरु करिब आधा दर्जन छन् । बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह र सुजाता कोइरालाको नाम सभापतिमा उठ्नेबारे चर्चामा छ । निधिले महामन्त्री कोइराला र नेता सिंहसँग भेटवार्ता गरेर कसरी अघि बढ्ने भन्नेबारे छलफल तथा परामर्श गरेका छन् । सिटौलाको भूमिका अहिलेसम्म के हुने ? भन्नेबारे अन्यौल छ । तर, उनका निकटस्थ युवा नेताहरुले भने यसपटक सिटौलाको साथ छोड्ने भएका छन् । सिटौला स्वयम भने सभापति देउवासँग मिलेर अघि बढ्ने निश्कर्षमा पुगेको स्रोतको दाबी छ । यही असोज १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठक अगावै सिटौला देउवा क्याम्पमा औपचारिक रुपमा प्रवेश गर्ने कांग्रेस उच्च स्रोतको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!