शनिबार, आश्विन १७, २०७७ || 581  पटक पढिएको

करिब एक दशकदेखि सुरु भएको राष्ट्रिय गौरवका आयोजनाहरूको लक्षित प्रगति नभएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ती आयोजनाहरूप्रति चासो देखाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गौरवका आयोजनाका प्रमुखहरूलाई पालैपालो बोलाएर कामलाई निरन्तरता दिन र समयमै सक्न निर्देशन दिएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा जडान गरिएको ‘एक्सन रुम’ बाट गौरवका आयोजनाहरूको पटक–पटक अनुगमन तथा समयमा काम सक्न निर्देशन दिँदै आएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजनाहरूको अहिलेसम्मको कार्य प्रगति तथा के कति कारणले आयोजनाहरू लक्ष्यअनुरूप अगाडि बढ्न सकेनन् लगायतका विषयमा आयोजनाका प्रमुखहरूसँग चरणबद्ध छलफल सुरु गरेको प्रधानमन्त्री विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । असोज १३ गतेदेखि सुरु गरिएको छलफलमा आयोजना प्रमुखहरूले आयोजनाबारे विस्तृत् प्रस्तुति गर्ने गरेका छन् । छलफल कार्यक्रम यही असोज १९ गतेसम्म जारी रहनेछ ।

प्रधानमन्त्री ओलीको निर्देशनमा सुरु गरिएको यो छलफलले गौरवका आयोजनाहरूलाई अगाडि बढ्न थप मद्दत पुग्ने विश्वास गरिएको थपलियाले बताए । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, विद्युत् प्रसारण आयोजना, सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, महाकाली सिँचाइ आयोजनाका प्रमुखहरूसँग छलफल सम्पन्न भइसकेको छ ।

त्यसैगरीे सिक्टा सिँचाइ आयोजना, रानीजमरा कुलरिया सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत् आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषका प्रमुखहरूसँग छलफल गरी आयोजनाहरूको कार्य प्रगति र समस्या पहिचानबारे छलफल गरिएको विकास व्यवस्थापन विज्ञ थपलियाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!