प्रदेश ५ को राजधानी दाङ बनाउने सत्तारुढ नेकपाको प्रस्तावप्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको छ । प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा रुपन्देहीमा प्रदर्शन समेत भएको छ ।

शुक्रबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाएलगत्तै नेविसंघ रुपन्देहीले विभिन्न स्थानमा टायर बालेर नारा जुलुससहित प्रदर्शन गरेको हो । उनको प्रस्तावमा प्रदेशको राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ ।

बुटवलको अस्पताल लाइन र सैनामैना लगायतका ठाउँमा विरोध प्रदर्शन भएका छन् । आन्दोलनकारीले प्रदेशसभा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी समेत तोडफोड गरेका छन् ।

त्यस्तै लु १ झ ४४९ नम्बरको अर्को एउटा गाडी पनि तोडफोड भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रदेशसभा भवन अगाडि कालिकापथमा अर्को एउटा गाडीमा समेत तोडफोड भएको जनाइएको छ । आन्दोलनकारीले बुटवलको मिलनचोकमा समेत टायर बालेर प्रदर्शन गरेका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा तत्कालीन प्रधानमन्त्री भएका बेला उनले बुटवललाई अस्थायी राजधानी तोकिएको भन्दै काँग्रेसले त्यहाँबाट अन्यत्र सार्न नपाइने भन्दै विरोध गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!