विराटनगरमा अघोषित लोडसेडिङ भएको ?

लकडाउनको महसुलमा पनि २५ प्रतिशत व्याज ।

शुक्रबार, आश्विन १६, २०७७ || 893  पटक पढिएको

प्रदेश नं. १ को राजधानी विराटनगरमा केहि दिन देखि दैनिक चार–पाँच पटक सम्म बिजुली काट्ने गरिएको छ । तीन वर्ष देखि लोडसेडिङ्ग मुक्त भएको विराटनगरमा अचानक दिनको चार–पँच पटक सम्म विजुली काट्नुलाई अघोषित लोडसेडिङ्गको रुपमा स्थानीयले लिएका छन् ।
१० दिनयता पटक–पटक लोडसेडिङ भएपछि सर्वसाधारण हैरान भएका छन । पुर्व सूचना बिना नै पटक–पटक लाइन काट्दा ग्राहकहरुले लोडसेडिङको मार खेप्नु परेको हो । निकै लामो समय पश्चात लोडसेडिङको अनुभव गर्न पाएका बिराटनगरबासी प्राधिकरणले गुनासो समेत सुन्न नखोजेको गुनासो गरे ।
महसुल तिरेर विजुली बाली रहेका सर्वसाधारणले लकडाउनको अबधिमा महसुल बुझाउन नसक्दा २५ प्रतिशत व्याज समेत बुझाएका छन् । तर, बिना कुनै सुचना राती खाना खाने बेला देखि विद्यार्थीहरुले अनलाई कक्षालिने बेलामा झ¥याप झ¥याप लाईन जाने गरेको सेवाग्राहीको गुनासो रहेको छ ।
लाइन काट्दाको समस्या प्रत्येक्ष खेपी रहँदा पनि विराटनगर वितरण केन्द्रले लोडसेडिङ नभएको जनाएको छ । विद्युत प्रधिकरण विराटनगर वितरण केन्द्रका सुचना अधिकारी भरत केसीले प्राविधिक कारणले लाइन काट्नु पर्ने भए पनि लोडसेडिङ नभएको हिपमत डटकमलाई जानकारी दिएका छन ।
नेपाल विद्युतप्रधिकरण विराटनगर वितरण केन्द्रबाट ७० हजार सेवाग्राहीले विद्युतको सेवालिदै आएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!