प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएको छ । आज बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले सो प्रस्ताव पेस गरेका हुन् । प्रदेश सरकारले बैठकमा राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाउन लागेको हो । राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने सहमति भएपछि सरकारले प्रस्ताव अघि बढाउन लागिएको एक नेताले  बताए । विपक्षी दलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । राजधानीका विषयमा विपक्षी सांसदहरु पनि विभाजित थिए । प्रदेश सरकारको तर्फबाट प्रस्तुत प्रस्ताव अनुसार दाङ राजधानी र नाम लुम्बिनी नामकारण गर्ने रहेको छ । राजधानी र नामाकरणका लागि दुई तिहाई मत चाहिन्छ । सो मत पूरा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!