शुक्रबार, आश्विन १६, २०७७ || 450  पटक पढिएको

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। २९ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका लामा १८ दिनपछि विहीबार कोरोना जितेर डिस्चार्ज भएका हुन्।

उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको बताए । उनले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्, ‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दुस्ख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितें।’

कोरोनाविरुद्धको लडाईँमा आफूलाई साथ दिने चिकित्सकहरुलाई उनले धन्यवाद दिए । उनले स्टार अस्पतालका नर्स र डाक्टरहरुलाई सम्झिँदै उनीहरुको कुशल चिकित्सकीय उपचारको पनि प्रशंसा गरे ।

उनले आफ्नो स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई आभार व्यक्त गरे । उनले खेकेका छन्, ‘नेपाल र विश्‍वका अन्य भागहरूबाट मेरा लागि गरिएका प्रार्थना र प्रेमले मलाई कोरोनासँग लडिरहन असीम बल प्रदान गर्योु, उनले भनेका छन्, ुती सबै प्रार्थना र शुभेच्छाले मलाई मिलेको हौसला र ऊर्जाका कारण अस्पतालबाट डिस्चार्ज हुँदैछु।’

लामाले आफ्नो अनुशासित जीवन शैलीले सामान्य जीवनतर्फ फर्काउन सहयोग गर्ने पनि बताए । उनले अन्यलाई पनि सकारात्मक सोचका साथ सक्रिय भइरहन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!