शुक्रबार, आश्विन १६, २०७७ || 623  पटक पढिएको

अन्सु फाती स्पेनिस ला लिगामा बार्सिलोनका लागि १० गोल पूरा गरे दोस्रो १७ वर्षीय खेलाडी बनेपछि टोलीले सेल्टा भिगोलाई हराउँदै लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ ।

फातीले फिलिपे काउन्टिन्होको पासमा गोल गर्दै खेलको ११ औँ मिनेटनमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । यो सिनज दुई खेलमा उनको यो तेस्रो गोल हो ।

तर, क्लेमेन्ट लेङलेटले दोस्रो पहेँलो कार्ड पाएपछि पहिलो हाफको अन्त्यमा रोनाल्ड कोम्यानको टोली १० खेलाडीमा सिमित बन्यो ।

खेलको दोस्रो हाफमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर बन्यो । खेलको अन्त्यतिर सर्जी रोबर्टोले तेस्रो गोल गर्दै बार्सिलोनको जीत सुनिश्चित गरे ।

फातीअघि बोजानले १७ वर्षको उमेरमा बार्साका लागि १० गोल गरेका थिए । फातीले २७ लिगमा सो उपब्धि हासिल गरेका हुन् । मेस्सीलाई यो उपलब्धि हासिल गर्न ३० खेल लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!