शुक्रबार, आश्विन १६, २०७७ || 1471  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्स्ट लेडी मेलानिया ट्रम्पसँगै क्वारेन्टिनमा बसेका छन् ।

ट्रम्पका सहयोगी होम हिक्सलाई बिहिबार राती कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेको सीएनएनले बताएका छन् ।

चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।

ट्रम्पले बिहिबार राती ट्वीटमा लेखे, ‘सानो छुट्टी पनि नलिइकनै होप हिक्सले निकै मिहिनेत गरेर काम गरिरहेकी थिइन् । उनलाई हालै कोरोनाको संक्रमण देखिएको छ । भयानक ! फर्ट लेडी र म आ–आफ्नो परीक्षणको नतिजा कुरिरहेका छौं । अहिलेको अवस्थामा हामी क्वारेन्टिन प्रक्रिया सुरु गर्छौं !’

ट्रम्पले हिक्ससँग थुप्रै पटक यात्रा गरेका छन् । मंगलबार मात्रै ट्रम्पले हिक्ससँग क्लिभल्याण्डमा आयोजित डिबेटमा सहभागि भएका थिए ।

‘उनलाई कोरोनाको संक्रमणको देखिएको छ । मैले भर्खरै यसबारे सुनेँ । उनलाई संक्रमण देखियो । उनी निकै मिहिनेती थिइन् । उनले असाध्यै मास्क लगाउँथिन् तर उनलाई संक्रमण देखियो । त्यसपछि मैले परीक्षण गराएँ । किनभने हामीले सँगै धेरै समय बिताएका छौं । त्यसपछि फर्स्ट लेडीको पनि परीक्षण गर्यौं,’ ट्रम्पले फक्स न्यूजसँगको टेलिफोन वार्तामा भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!