खबर ठुलो छ

भारतमा राष्ट्रपिताको उपमा पाएका मोहनदास करमचन्द गान्धीलाई महात्मा भनिन्छ । उनी एक चतुर नेता थिए, जसले बेलायतीहरुको शासनबाट भारतलाई स्वतन्त्र गराए, गरिब भारतीयहरुको हक–अधिकारका लागि आवाज उठाए । उनले सिकाएको अहिंसात्मक विरोधको शैली आज पनि संसारले सम्मानका साथ सम्झन्छ ।

गान्धीको जन्म २ अक्टबुर १८६९ मा उत्तर पश्चिमी भारतको पोरबन्दरमा एक धनाढ्य परिवारमा आएको थियो । गान्धीका बाबु करमचन्द पोरबन्दरको राजदरबारमा उच्च पदमा थिए । उनकी आमा एक धार्मिक महिला थिइन्, पूजापाठका लागि मन्दिर जाने र व्रत बस्ने बानी थियो ।

आमाले नै गान्धीलाई हिन्दू परम्परा र नैतिकताको पाठ पढाइन्, उनले शाकाहारी रहन शिक्षा दिन्थिन् । यसरी, आमाबाट गान्धीलाई धार्मिक सहिष्णुता, साधारण रहनसहन र अहिंसाको पाठ मिल्यो । गान्धीको परिवार पोरबन्दरबाट राजकोट स¥यो, जहाँ उनले अङ्ग्रेजी शिक्षा सुरु गरे । यहीँ १३ वर्षकी कस्तुरबासँग १४ वर्षको छँदा गान्धीको विवाह भयो । यो त्यस्तो समय थियो, जतिबेला गान्धी बागी नौजवान थिए । उनले चोरी गर्न, रक्सी पिउन र माछा–मासु खान सुरु गरिसकेका थिए । यसका बाबजुद आफुभित्र सुधार ल्याउने इच्छा राखेको र हरेक खराब कामपछि प्रयाश्चित गर्ने गरेको गान्धीले ‘सत्य के प्रयोग’ नामक पुस्तकमा उल्लेख गरेका छन् ।

जब गान्धीका पिता मृत्युशैयामा थिए, त्यतिबेला उनी बाबुलाई एक्लै छाडेर हिँडेका थिए । यही अवधिमा बाबुको निधन भयो । यसपछि गान्धीलाई आफ्नो व्यवहारबारे पछुतो भयो । केही समयपछि उनी आफै पिता भए, तर जन्मिएको छोटो समयमै पहिलो बच्चाको मृत्यु भयो । गान्धीले यस घटनालाई आफ्नो पापका लागि ईश्वरले दिएको दण्ड ठाने ।

बम्बईको भावनगर कलेजमा पढ्दै गर्दा उनलाई लण्डनको चर्चित इनर टेम्पलमा कानून पढ्ने अवसर जु¥यो । यस प्रस्तावप्रति परिवार सकारात्मक थिएन, अग्रजहरुले विदेश पढ्न जाँदा जात घटुवा हुन्छ भनेर चेतावनी दिएका थिए । तर, गान्धी पछि हटेनन् । लण्डनमा मोहनदास गान्धी पुरै पश्चिमी ठाँटमा रंगिए । यसका बाबजुद, यस समय चलेको शाकाहारी आन्दोलनमा उनी जोडिएका थिए । लण्डनको थियोसोफिकल सोसाइटीको अध्ययनले उनलाई आफ्नो बाल्यकालका हिन्दु मान्यताहरुसँग फेरि जोड्यो ।

त्यसपछि नै हो, मांशाहारी भोजन र रक्सीबाट दूरी बनाएर उनी आफ्नो मूल जरोतर्फ फर्किएको । थियोसोफिकल सोसाइटीमा अध्ययनबाट प्रेरणा लिएपछि उनले विश्व बन्धुत्वको आफ्नै सिद्धान्त बनाए, सबै मानिस र धर्म मान्नेहरुलाई बराबरी दर्जा दिने सपना देखे ।

कानूनको पढाइ सकेपछि गान्धीले भारत फर्किएर वकालत गरे, उनले आफ्नो पहिलो मुद्दा हारे । यही दौरान उनलाई एक बेलायती अधिकारीले घरबाट बाहिर निकालिदिए । यस घटनापछि अपमानित महसुस गरेका गान्धीलाई दक्षिण अफ्रिकामा काम गर्ने प्रस्ताव आयो । उनले तत्कालै स्वीकारे ।

दक्षिण अफ्रिकामा जब उनी रेलको फस्र्ट क्लास डिब्बामा यात्रा गर्दै थिए, त्यतिबेला एक अंग्रेजले सामानसहित उनलाई रेलबाट निकालिदिए । त्यसपछि, दक्षिण अफ्रिकामा आप्रवासी भारतीयसँग भइरहेको खराब व्यवहार र भेदभावविरुद्ध लड्न उनले इन्डियन कांग्रेसको स्थापना गरे । त्यहाँ भारतीयहरुलाई बाँकी समाजबाट टाढा राखिएको विषय उनलाई मन परेको थिएन, यसविरुद्ध आन्दोलन छेडे ।

यही संघर्षका दौरान नै गान्धीले स्व–शुद्धिकरण र सत्याग्रहजस्ता सिद्धान्तको प्रयोग सुरु गरे, जो उनको अहिंसाको व्यापक विचारका हिस्सा थिए । यहीं उनले ब्रम्हचर्यको प्रण गरे अनि सेतो धोती पहिरन थाले, जो हिन्दू परम्पराअनुसार शोकको वस्त्र मानिन्छ ।

सन् १९१४– दक्षिण अफ्रिकामा सफलता

सन् १९१३ मा गान्धीले दक्षिण अफ्रिकामा रहेका भारतीयहरुविरुद्ध लगाइएको ३ पाउन्डको करविरुद्ध आन्दोलन सुरु गरे । गान्धीले दक्षिण अफ्रिकाका कारखाना, खानी र कृषी क्षेत्रमा काम गर्ने मजदुरहरुको नेतृत्व गरे । उनले २२ सय २१ जना व्यक्तिहरुलाई लिएर नटालदेखि ट्रान्सवालसम्म विरोध यात्रा निकाल्ने निर्णय गरे, यसलाई उनले अन्तिम सविनय अवज्ञा नाम दिएका थिए ।

यस यात्राका दौरान गान्धी पक्राउ परे । उनलाई नौ महिना कैद सजाय सुनाइयो । तर उनले सुरु गरेको हड्ताल थप फैलियो । जसकारण, बेलायती शासकहरुले भारतीयहरुमाथि लगाइएको कर फिर्ता लिनुप¥यो, अनि गान्धीलाई जेलबाट रिहा गर्न बाध्य भए । दक्षिण अफ्रिकामा बेलायती शासकविरुद्ध गान्धीले हासिल गरेको यो जीतबारे इङल्यान्डका पत्रपत्रिकामा ठूलै चर्चा भयो । त्यसपछि उनी अन्तर्राष्ट्रिय स्तरमै चिनिन थाले ।

सन् १९१५ – भारत फिर्ती

दक्षिण अफ्रिकामा आफ्नो आन्दोलन सफल भएपछि गान्धी एक विजेताका रुपमा भारत फर्किए । मोहनदास गान्धी र कस्तुर बाले भारत आएपछि रेलको तेस्रो दर्जाको डिब्बामा पुरै देश घुम्ने योजना तय गरिसकेका थिए । यस यात्राका दौरान आफ्नो देशको भयावह गरिब जनसंख्या नियाल्दा उनी स्तब्ध बने । त्यसपछि बेलायती शासकले लादेको ‘शाही ऐन’ को विरोध थाले । यस कानूनअन्तर्गत कुनै पनि नागरिक अतिवादी भएको आशंकामा सरकारले सहजै पक्राउ गरेर जेल हाल्न सक्थ्यों । गान्धीको अगुवाइमा देशका हजारौँ मानिस यस ऐनविरुद्ध सडकमा उत्रिए ।

धेरै शहरमा विरोध प्रदर्शन भयो । यसक्रममा धेरै स्थानमा हिंसा पनि भड्कियो । अमृतसरमा जनरल डायरले २० हजार मानिसहरुको भीडमा गोली चलाइदिए, जसक्रममा चार सयभन्दा धेरै मानिस मारिए, १३ सयभन्दा धेरै घाइते भए । यस हत्याकाण्डपछि गान्धीलाई स्वतन्त्र भारतको आन्दोलन सुरु गर्नुपर्ने आवश्यकता बोध भयो ।

सन् १९२१–स्वतन्त्रताका लागि संघर्ष

आफ्नो बढ्दो लोकप्रियताका कारण यतिबेलासम्म गान्धी भारतीय राष्ट्रिय कांग्रेसका मुख्य अनुहार बनिसकेका थिए, उनी बेलायतबाट भारतको स्वतन्त्रता प्राप्तिका लागि भएको आन्दोलनमा पनि अगुवा बने ।

महात्मा गान्धीले भारतीय राष्ट्रिय कांग्रेसलाई जनमानसबीच लोकप्रिय पार्टी बनाए । त्यसअघि कांग्रेस केवल धनाढ्य भारतीयहरुको एउटा क्लबजस्तो थियो । गान्धीले धार्मिक सहिष्णुता र सबै धर्मको स्वतन्त्रताको आधारमा स्वतन्त्र भारत बन्नुपर्ने माग राखे । उनको अगुवाइमा भएको अहिंस्रक आन्दोलनलाई समाजका सबै वर्ग र धर्मको समर्थनप्राप्त थियो ।

उनले बेलायती शासकविरुद्ध असहयोग आन्दोलन सुरु गरे । गान्धीकै अगुवाईमा भारतका जनताले बेलायती सामानहरु बहिष्कार गर्न सुरु गरिदिए । जवाफमा बेलायती शासकले गान्धीलाई देशद्रोहको अभियोगमा पक्राउ ग¥यो । उनी दुई वर्षसम्म जेल बसे ।

जब एक पत्रिकाले गान्धीमाथि पाखण्डीको आरोप लगाएको थियो । तर उनले भनेका थिए, ‘म भारतको स्वदेशी कपडा लगाउँछु किनकी भारतीय हुनुको सबैभन्दा सरल र प्राकृतिक उपाय यही हो ।’

सन् १९३०– स्वतन्त्रताका लागि नुन यात्रा

अब गान्धीको आन्दोलन र उनका मागलाई नजरअन्दाज गर्नु बेलायती शासकका लागि संभव थिएन । त्यसैले, बेलायत सरकारले भारतको राजनीतिक भविष्यबारे वार्ता गर्न लण्डनमा गोलमेच सम्मेलन आयोजना ग¥यो । यद्यपी, छलफलमा भारतीयहरुलाई नै राखिएको थिएन । जसबाट गान्धी निकै आक्रोशित भए । उनले बेलायतीहरुले बनाएको नुनको प्रयोगविरुद्ध अभियान सुरु गरे । यस समयको बेलायती कानूनअनुसार भारतीय नागरिकले न नुन जम्मा गर्न सक्थे, न त्यसको बिक्री नै गर्न सक्थें । जसकारण, भारतीयहरुले बेलायतीसँग ठूलो रकममा नुन किन्नु परेको थियो । गान्धीले हजारौं मानिसको भिडसहित लाठी यात्रा निकालेर बेलायती शासकको सांकेतिक विरोध गरे, यही यात्राका क्रममा नून बनाएर बाँड्दै कानून तोडे । यसपछि उनी फेरि पक्राउ परे ।

गान्धीको आन्दोलन निकै फैलिसकेको थियो । हजारौँ मानिसहरुले बेलायती शासकलाई राजश्व तिर्न छाडेका थिए । अन्त्यमा, बेलायत सरकार झुक्नुप¥यो । त्यसपछि गान्धी गोलमेच सम्मेलनमा भाग लिन लण्डनतर्फ लागे ।

नुन सत्याग्रहका दौरान गान्धीले भनेका थिए, ‘म यो एक मुट्ठी नुनले बेलायती साम्राज्यको जरो हल्लाउँदै छु ।’

सन् १९३१– लण्डनमा गोलमेच सम्मेलन

लण्डनमा भएको गोलमेच सम्मेलनमा सहभागी हुने भारतीय राष्ट्रिय कांग्रेसका एक्लो प्रतिनिधि गान्धी थिए । उनले यस सम्मेलनमा उपस्थित भएर भारतको एक शक्तिशाली छवि पेश गरे । तर सफलता हात लागेन, किनकी भारतलाई स्वतन्त्र गराउन बेलायती साम्राज्य तयार थिएन । त्यस्तै, मुसलमान, सिख र अन्य भारतीय प्रतिनिधि गान्धीको साथ खडा थिएनन् किनकी उनीहरुलाई गान्धीले सबै भारतीयको प्रतिनिधित्व गर्छन् भन्ने लागेको थिएन । यसका बाबजुद बेलायती राजा जर्ज पाँचौले गान्धीलाई भेटेका थिए । त्यस्तै, उनले लंकाशायरस्थित मिल उद्योगमा काम गर्ने मजदुरहरुसँग पनि भेटघाट गरे ।

यस भेटमा गान्धीलाई निकै सम्मान मिल्यो, भारतको राष्ट्रवादी मागका लागि बेलायती जनताको सहानूभूति पनि उनले पाए ।

सन् १९४२– ‘भारत छोडो’ आन्दोलन

गोलमेच सम्मेलनमा असफल भएपछि गान्धीले भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षको पदबाट राजीनामा थिए । पार्टीभित्र उनी सिमान्तकृत हुँदै गएका थिए । जब बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले हिट्लरको नाजी जर्मनीविरुद्धको लडाइँमा बेलायतको समर्थन गर्न भारतलाई आग्रह गरे । तब, गान्धीले भनेका थिए, ‘जतिबेलासम्म भारतीयहरु आफ्नै घरमा दास छन्, त्यतिबेलासम्म भारतले नाजीविरुद्धको लडाइँमा बेलायतलाई समर्थन गर्न सक्दैन ।’

अनि, गान्धीले बेलायती शासकविरुद्ध एक नयाँ अहिंस्रक आन्दोलन ‘भारत छोडो’ आन्दोलन सुरु गरे । आन्दोलनको सुरुमै गान्धी र उनकी पत्नी कस्तूरबालाई जेलमा बन्द गरियो । यसपछि गान्धीलाई जेलबाट रिहा गर्न माग गर्दै पुरै देशमा हिंस्रक आन्दोलन सुरु भयो । तर, झुक्नका लागि विन्स्टन चर्चित तयार थिएनन् ।

जेलमै कस्तूरबाको निधन भयो, यसको धेरै महिनापछि सन् १९४४ मा गान्धी रिहा भए । भारत छोडो आन्दोलनअघि गान्धीले भनेका थिए, ‘या हामीले भारतलाई स्वतन्त्र गराउनुपर्छ या यो प्रयासका लागि बलिदानी दिनुपर्छ । तर कुनै पनि मुल्यमा आजीवन दासत्वको जीवन जिउनका लागि हामी राजी छैनौँ ।’

सन् १९४७– स्वतन्त्रता र विभाजन

स्वतन्त्रताको माग दिनहुँ तिव्र रुपमा बढ्दै थियो । अन्त्यमा, बाध्य भएर बेलायत सरकारले भारतको स्वतन्त्रताका लागि छलफल सुरु ग¥यो । तर, गान्धीले वर्षौंदेखि जे कुराका लागि संघर्ष गरेका थिए, नतिजा त्यसको प्रतिकुल आयो । तत्कालीन भाइसरोय लर्ड माउन्टबेटनको योजनाअनुसार भारतलाई विभाजित गरेर भारत र पाकिस्तान नामका दुई स्वतन्त्र देश बनाइयो । यो विभाजन धार्मिक आधारमा भएको थियो । एकातर्फ, राजधानी दिल्लीमा भारतले स्वतन्त्रताको खुसी मनाइरहेको थियो । अर्कोतर्फ, गान्धी देश विभाजनको पीडामा थिए । विभाजनपछि भारत–पाकिस्तानमा धार्मिक दंगा भड्कँदा हत्या र कुटपीटका घटना बढ्यो, झन्डै १ करोडले आफ्नो घरबार छाड्नुप¥यो । दुखी भएर गान्धी दिल्लीबाट कोलकत्ता लागे, ता कि हिंसा रोकेर शान्ति स्थापना गर्न सकियोस् ।

सन् १९४८– हत्या

देश विभाजनका कारण निम्तिएको हिंसाले गान्धी चिन्तित थिए । पाकिस्तान नगएर भारतमै बस्ने निर्णय लिएका दिल्लीका मुसलमानहरुको अधिकार रक्षा गर्ने प्रयासका लागि उनी कोलकत्ताबाट फर्किए । उनले यी मुसलमानहरुको हकका लागि अनशन सुरु गरे । यस दौरान जब एकदिन उनी दिल्लीको बिन्डला हाउसमा एक प्रार्थनासभामा जाँदै थिए, त्यति नै बेला हिन्दु अतिवादी नथुराम गोड्सेले हमला गरे, गान्धीको छातिमा तीन गोली लागेको थियो । हिन्दू अतिवादीहरुले गान्धीको मृत्युको खुसी पनि मनाए । तर, अधिकांश भारतीयहरुका लागि महात्मा गान्धीको मृत्यु राष्ट्रिय शोक थियो । दिल्लीमा महात्मा गान्धीको अन्तिम यात्रामा दश लाखभन्दा धेरै सहभागी थिए । यमुना किनारमा उनको अन्तिम संस्कार गरियो । संसारभरका मानिसले अहिंसा र शान्तिका यी पुजारीको मृत्युमा शोक मनाए । आफ्नो मृत्युबारे गान्धी स्वयंम्ले भनेका थिए, ‘मृत्युबीच जिन्दगीले आफ्नो संघर्ष जारी राख्छ । असत्यबीच सत्य पनि अटल खडा हुन्छ । अन्धकारबीच प्रकाश चम्किरहन्छ ।’

साभार :- रातोपाटी

 

शुक्रबार, आश्विन १६, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • प्रदेश १ को नाम के राख्दा ठिक होला ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया