हिपमत डटकम
बिराटनगर ,२ माघ :चर्चित गायिका आस्था राउतले आफू कार्यक्रमका लागि सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै दिएको अभिव्यक्ति विवादमा तानिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा प्रहरीलाई तथानाम गाली गरेको देख्न सकिन्छ । उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन लागेको भिडियोमा बोलेकी छन् । उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनको आरोप छ । उनको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखिएको छ । हेर्नुस भिडियो

उनले प्रयोग गरेका शब्द र बिचार एकदमै तल्लो स्तरको रहेको छ । प्रहरीमा माथिल्लो तहका व्यक्तिहरुको शैली राम्रो भए पनि केही व्यक्तिहरुको आचरण खराब भएको उनले जानकारी दिईन । आफुलाई त त भनेकोमा आस्थाको चित्त दुःखेको भिडियोमा देख्न सकिन्छ । चेक गर्ने क्रममा उनलाई प्रहरीले ज्याकेट खोल भनेपछि उनलाई आफ्नो अपमान गरिएको महसुस गरेको देख्न सकिन्छ । उनले पटकपटक घरमा पनि कसैले तँ नभनेको भन्दै प्रहरीले किन भनेको भन्दै प्रश्न खडा गरेकी छिन् । यता भिडियो सार्बजनिक पश्चात सामाजिक संजालमा चर्को आलोचनाको भागेदार बनेकी उनले माफी मागेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!