आज सप्ताहको अन्तिम दिन नेप्से २० अंकले उकालो चढेर बन्द भएको छ । बुधवार १५५० मा बन्द भएको नेप्से आज १५७१ मा बन्द भएको छ ।
१९२ कम्पनी सहभागीता भएको आजको बजारमा २८०७ करोड़को टर्नअभर भएको छ । निरन्तर घटि रहेको इन्सोरेन्स क्षेत्रमा आज एकदमै तेजी देखिएको छ भने हाइड्रो पावर क्षेत्रमा केही प्रोफिट बुकिङ्ग मात्र देखिएको छ ।
आजको बजारमा टर्नअभर र प्रोफिट बढेकोलाई आगामी सप्ताहको लागि राम्रो संकेतको रुपमा लिएको जानकारहरुको विश्लेषण रहेको छ । यस अघि मंगलवार नै कम अंकले घटेको नेप्से कुनै पनि दिन छलांग मार्न सक्छ भन्ने समाचार हिपमत मिडियाले संप्रेशन गरिसकेको छ ।