खबर ठुलो छ

लोक शब्द जगत इहलोक अथवा परलोक आदिका सन्दर्भमा जनसामान्यका अर्थमा प्रयोग गरिन्छ । महर्षी वेदव्यासले महाभारतको आदि पर्वमा लोक शब्दको प्रयोग जनसामान्य भन्ने अर्थ जनाउनको लागि गरेको देखिन्छ । प्राचीन कालमा लोक र वेद शब्दको आधारमा दुईवटा परिपाटि छुट्याएका थिए, लोक परिपाटी र वेद परिपाटी । वेद विधि र लोक विधि त्यसै सित सम्बद्ध रहेको वा त्यसैको आधारमा बनेको बुझिन्छ ।

 

वेदकालिन साहित्यलाई वैदिक र युग अनुसारको विशिष्ट साहित्यलाई लोक साहित्य भनिएको हो । ब्रह्माण्ड त्रिलोकिय कल्पना हो, देवलोक–भूलोक–पताललोक । हामी भुलोकका निवासी हौं । सृष्टिको आरंभमा सम्पूर्ण भूलोक नै लोक थियो । त्यस समयका सम्पूर्ण जीवन प्रकृतिलाई हेर्ने हो भन्ने मुख्य व्यवसाय कृषि बाट संचालित भएको देखिन्छ । त्यसै क्रममा जीवन अनुरुप कला विकसित हुँदै गयो, जसमा आसा–विश्वास, सुख–दुख, क्रीड़ा–व्यवसाय, देवी–देवता, रीति–नीति बाट निर्देशित हुने सम्पूर्ण जीवन समय र मौसम अनरुप प्रदर्शित हुने गरिन्थ्यो । त्यो नैसर्गिक मानवीय उपक्रम थियो र त्यसै क्रममा शास्त्रको निर्माण भएको हो । विकासको क्रम क्रमशः लोकबाट समुह, समाज, गाउँ, नगर हुँदै सम्पूर्ण सुबिधा सम्पन्न वैभवशाली महानगरमा परिणत हुँदै गयो र महत्वकांक्षी लोक सर्वोत्तम सम्पन्न शहर तिर बसाई सर्दै  गए ।

 

बीसौं शताब्दीमा सभ्यताको विकासको गति तेज हुँदै जाँदा बसाई सर्ने क्रममा लोक उजाड हुँदै गयो । बसाई सर्ने क्रम जारी रहेकोले आफ्नो मुख्य पुँजीको रुपमा रहेको लोक समृतिको सृजन क्षमता बाट कालाको पनि निर्माण हुदै गयो । तसर्थ त्यसबेला लोक खोजनु पर्ने आबश्ययकता नै हुँदैन्थयो । तर, सुबिधा थपिने क्रममा क्रमशः लोक स्मृति क्षिण हुँदै गयो र तकनीकि, यांत्रिकी विकासको संग–सगै लोकजीवनको निसर्ग–संचालित मानवीय निधि लुप्त हुदै गयो । अबको कला अभिव्यक्ति माध्यम त्यो लोकबाट सुनिएको वा सुनाइएको भरमा मात्र बिद्ययमान छ । लोक स्मृति पुष्टिको लागि आज हामीले पुस्तक अभिलेख एवं यांत्रिक भण्डार (गूगल…आदि) को शरण पर्नु पर्ने बाध्यता बढदै गई रहेको छ । यो आयोजन यस्तै खोजको एउटा  सशक्त कड़ी हो, जहाँ आज प्राकृृतिक महामारीमा बसेर प्राकृतिक निधिमा लोक नामको खोज गर्दै छ ।

 

प्रश्न छ के खोजमा कुनै सृजनाको संभावना बाचेको छ…?

नेपाल एउटा प्राचीन सांस्कृतिक देश हो । कला मानव संस्कृतिको उपज हो । यसको उदय मानविय सौन्दर्य भावनाको परिचायक हो । यहाँको कला तथा संस्कृतिमा लोककलाको अनौठो समन्वय देखिन्छ । लोककला हाम्रो देशमा लोक परम्पराको दर्पण हो । जो बिभिन्न रिति–रिवाज उत्सवमा सजिलै  देख्न सकिन्छ । जहाँ  विभिन्न जात, जाती, समुदाय  प्रदेशमा विविध रुपको लोक कला देखन सकिन्छ । जो विभिन्न नाम बाट चिनिन्छ, जानिन्छ । जनसामान्यको दैनिकिमा रचनात्मक रूपले गरेको अभिव्यक्ति नै लोक कला हो । यिनै कलाले जनसामान्यको अभिव्यक्तिको पारंपरिक आधार प्रदान गरिन्छ । यस प्रकारको अभिव्यक्तिमा पनि उल्लास, हर्ष, विश्वास, वेदना, प्रेम, श्रद्धा आदिको भाव अभिव्यक्त हुने गर्छ । यिनै लोक कलाको विकासको उद्देश्य जन हिताय हुने गरेको छ । मनोभाव सामुदायिक अभिव्यक्त गर्छन्, संगै आफ्नो  दैनिक जीवनमा प्रयोगमा ल्याइने वस्तुको साज–सज्जाद्वारा चित्ताकर्षक बनाउने प्रयास गर्छन् । विभिन्न धार्मिक कार्यमा आफ्नो इष्टलाई आफ्नो रचनात्मक अभिव्यक्तिको माध्यमले  प्राप्त गर्ने प्रयास गर्छन् । यस अतिरिक्त समुदायमा मनोरंजनको भावना लौकिक संदेश तथा धार्मिक परंपरा, धार्मिक विश्वास, रीति रिवाज पुस्तान्तरण गरि एक पीढ़ी बाट अर्को पीढ़ीमा पु¥याउनको लागी पनि लोक कलाको उत्पत्ति भयेको छ । यति मात्र होइन, परापुर्ब काल देखी नै लोककलाको उद्देश्य आफ्नो वातावरणको प्रति रचनात्मक रूपले सजगता ल्याउनु रहि आएको छ ।

 

फेरि प्रश्न उठ्छ कला किन ?

उचित माध्यम भेटेमा कल्पनाले भौतिक अस्तित्व लिन्छ र सृजना कहलिन्छ । यदि उचित माध्यम भेटाएन भने कल्पनाले भौतिक अस्तित्व लिन सक्दैन । कलालाई सधैं मानवको स्वाभाविक अभिव्यक्ति भनी ब्याख्या गरिन्छ र त्यस भित्रको कुरा गर्न बाट पन्छिन खोज्छ । साँचो हो पनि, मानवको स्वाभाविक अभिव्यक्ति नै कला हो । तर, प्रश्न यो पनि छ कि – के मानव द्वारा गरिने सबै क्रिया कलाको अंतर्गत आउँछ ? या यसलाई पनि विभाजित गर्नु पर्छ ? आखिर कला हो के ? र के होइन ?

 

यस भन्दा पहिले हामीले भन्यौ कला मनुष्यको स्वाभाविक अभिव्यक्ति हो । स्वाभाविक अभिव्यक्तिको बारेमा विचार गर्दा बुझ्नु पर्ने कुरा के छ भने, मनुष्यको आफ्नो स्वाभाविक अभिव्यक्तिलाई अगाडि ल्याउन कुनै न कुनै माध्यमको आवश्यकता हुने गर्छ । त्यो माध्यम मानवमा स्वयं निर्भर गर्छ, आखिर उसको कल्पना कुन प्रकारको हो र आफ्नो कल्पनालाई कुन उचित माध्यम मार्फत साकार रूप दिन सक्छ । साहित्यकार आफ्नो साहित्यबाट,  लेखक आफ्नो लेखबाट, कवि आफ्नो कविताबाट, नर्तक आफ्नो नृत्यबाट, अभिनेता आफ्नो अभिनयबाट, चित्रकार आफ्नो चित्रबाट, मूर्तिकार आफ्नो मूर्तिबाट वा अन्य कलाकार समेत आफ्नो अभिव्यक्ति लाई कुनै न कुनै रूप दिने गर्छन् । तर, आफ्नो अभिव्यक्तिलाई रुप दिंदैमा कला स्थापित हुने हो भन्ने होइन, अभिव्यक्तिले रुप पाए पश्चात् त्यसले सशक्त संवाद स्थापित गर्न सक्छ या सकिदैनन् त्यसमा निर्भर गर्छ । यसका अतिरिक्त पनि अन्य व्यक्ति (कला पारखि) र कालाकार बीच कला अभिव्यक्तिको विषयमा समन्वय स्थापित हुनु अर्को चुनौतीको विषय हुन्छ । यिनै अभिव्यक्तिलाई सशक्त एवं स्वाभाविक रूप दिई अन्य व्यक्ति संग संवाद स्थापित गर्नु अर्थात अभिव्यक्ति पुष्टि गर्ने, संवाद तथा स्वादलाई प्रबल बनाउने क्रिया कला अंतर्गत पर्न जान्छ अतः संवाद एवं समन्वय को उदेश्य नै कला हुने गर्छ ।

आज महामारिको समयमा मनुष्य आफ्नो अस्तित्व संग लडि रह्दा कला र जीवनको सम्बन्ध भौत्तिक रुपमा नै ग्राह्य र वोधगम्य हुन सक्छ, किनकी कला र जीवनको आँधि दैविक र आध्यात्मिक व्याख्याका अन्त उलझन, रहस्य र अन्ध विश्वासमा हुन्छ ।

मौलिक रुपमा हामीलाई भन्नु पर्छ कला मानवको सृष्टि हो र मानवको जीवन उसको आफ्नो हुँदा पनि वस्तुनिष्ठमा परिचित भएर मर्यादित रहन्छ । तसर्थ कला विहीन जीवन कुनै सिमासम्म सत्य पनि हुन सक्छ तर जीवन विहीन कला या त लाश सरह हुन्छ या हवाई कल्पना । हामी यसलाई यसरी पनि बुझ्न सक्छौ की जीवनमा कलाको प्रयोजन अलिकति पनि गौण छ वा कलाको परिधान धारण गरिएको छैन भने त्यस्तो जीवन यति नाङ्गो र वदरंग (उजाड) हुन जान्छ की जीवन जिउन लायक हुन्छ वा हुँदैन भन्न सकिन्न । यहाँ नै कलाको उद्गम स्वरुप र प्रयोजनको प्रश्न आउने गर्छ ।

हामी कला कल्पनाको अभिव्यक्तिमा एकाग्र चेतनाको सहायता तथा आफ्नो कर्म कौशलताले जीवन अनुभूतिको अभिव्यक्ति व्यक्त गर्ने प्रयास गर्छौ । अर्थात जो सत्य हो, जो शिव हो, जो सुन्दर हो उसको अभिव्यक्ति व्यक्त गर्ने प्रयास गरि रहेका हुन्छौ । प्रत्येक अवस्थामा कला उसको प्रेरणा स्रोतको प्रश्न बनि रहन्छ, जसको उत्तर व्यक्ति विशेषको जीवन–दर्शनमा निर्भर गर्छ, किनकी त्यस दर्शनको आधारमा नै त्यस व्यक्तिको दृष्टिकोण बन्छ र उसले आफ्नो दृष्टिकोणलाई कलाको माध्यमले व्यक्त गर्ने प्रयास गर्छन् । आजको समयमा यसको महत्त्व अझै बढेर जान्छ ।

कला र जीवनको अन्योन्याश्रित सम्बन्धलाई कलाको प्राचीनतम अवशेषबाट पनि बुझ्न सकिन्छ । आजबाट हजारौं, लाखौं वर्ष पहिले प्राचीन पाषाण तथा नव पाषाण युगमा जंगलमा फिरन्ते रुपमा विचरण गर्ने मनुष्यले सांकेतिक भाषा, ध्वनी, संकेत, मुद्राको संकेत र हाउभाउलाई भाषाको रुपमा प्रयोग गर्थे । जीवन यापनको क्रममा आहारको लागि गर्नुपर्ने संघर्ष र भीमकाय जंगली जनावरबाट बाँच्ने योजना स्वरुप गुफाका भित्तामा बनाइएका चित्रांकनबाट भित्तामा कला निर्माणको रुपमा लिइयो । शत्रुमाथि विजय प्राप्त गर्ने मनोवल बढाउन पाषाण युगीन मानव अन्ध्यारो गुफा भित्र–भित्र गएर अनकौं प्रकारको चित्र अंकित गरे जस क्रममा जंगली जनावर र प्रकृतिक दृष्य भित्तामा कलाको रुपमा निर्माण गरियो ।

मानविय सोच, कल्पना तथा अनुभुति अभिव्यक्तिको पर्यावाची शब्दको रुपमा कलालाई बुझ्न सकिन्छ । कलाको इतिहास खोतल्दै जाँदा प्रागैतिहासिक कालसम्म पुगिन्छ । मानवीय चेतना मनोविज्ञान तथा सौन्दर्यता प्रति आकर्षणले प्रागैतिहासिक कालमा कलाबाट अछुतो रहन सकेन । अर्थात आफू प्रकृतिको अंगमात्र नभएर प्रकृतिको पकडबाट मुक्त भई त्यस माथि जीवन शैलीको तुरन्त प्रभाव कलामा प¥यो । यसरी पहिलेका स्वाभाविक यथातथ्य अंकनको स्थानमा नयाँ समाजिक अनुभूतिको संग–संगै कला प्रष्फुटन हुँदै गयो र पुरानो पद्धतिको सर्वथा वहिस्कार नभए पनि जीवनबाट त्यसको सम्बन्ध रहेन तसर्थ त्यस पद्धतिमा बनाइएका चित्रको उपयोग मात्र परम्परा निर्वाह तथा सजावटको लागि गर्न थाल्यो । यो तितो सत्य आज पनि कलामा देख्न सकिन्छ । जो कला जति जीवनसँग टाढा छ त्यसमा त्यतिनै सजावट देखिन्छ ।

समयको वहाव सँगै कला पनि विकसित हुँदै गयो । रेखा चित्रबाट सुरु भएको कला क्रमशः विकसित हुँदै विभिन्न माध्यहरु माटो, ढुङ्गा, धातु, काठ हस्तिहाड, ताडपत्र (ताड तथा भोजपत्र) लगायत कागज, कपडा, क्यानभाससम्म उत्रन सक्यो । यिनै विभिन्न माध्यमहरुमा अभिव्यक्त भएका सृजना नै चित्रकला, मूर्तिकला, वास्तुकला आदि विभिन्न नामबाट प्रसिद्धि भएको पाइन्छ ।

विस्तारै मनुष्य शिकार र एकलौटे जीवन छाडेर सामाजिक प्राणी बन्न थाले, पशुपालन र खेतिपातीको सहरा लिन थाले । अर्थात आफू प्रकृतिको अङ्गमात्र नभएर प्रकृतिको पकडबाट मुक्त भई त्यस माथी जीवन–शैलीको तुरुन्त प्रभाव उनको कलामा प¥यो । समाजको अभिन्न सम्बन्धको प्रभाव कलाको संघटन र समाजको विचारधारको विकासमा पर्छ । त्यस समय मानव जीवन सभ्यता एवं संस्कृति विकासका साथै जीवनको प्रयासमा विशिष्टिकरणको प्रकृति तिव्रता थियो । फलतः कलाको विभिन्न भेद–उपभेद बन्यो । पहिले मात्र रेखाकृतिको र साहित्यको नाममा मंत्र र लोक गीत या मौखिक पाठ हुन्थयो र आज चित्रकला मूर्तिकला वास्तुकला, संगीत, काव्य, उपन्यास सहितका कला पनि भई रहेको छ । प्राचीन कलमा जातीको पुरोहित हुनेहरु नै कवि, चित्रकार, जादुगर सहतिका कलाकार पनि हुन्थे, तर आज जो कोहिले पनि कलाका ज्ञाता र विशिष्ठता प्राप्त गरेमा हुन्छ । विशिष्टिकरणको यो प्रवृति सोझै हाम्रो भौत्तिक जीवनको देन हो । यसबाट यो सिद्ध हुन्छ की कला र जीवनलाई बेग्ला बेग्लै बाकसमा बन्द गर्न सकिन्न । तर, एउटा प्रश्न यो पनि छ कि जीवनमा कलाबाट कुन उद्देश्य पुरा हुन्छ ? के त्यो हाम्रो लागि अनुकरणिय हो की होइन ? यस प्रश्नको सहि उत्तर यथास्थितित्वको गढमा सिधा प्रहार गर्छ, त्यसर्थ प्रतिक्रियावादी विचार यो प्रश्न लाई मिथ्या गर्ने प्रयास गर्छन् । त्यसैले कलालाई ललितकला र उपयोगी कलाको दुई श्रेणीमा विभक्त गर्छन् ।

वस्तुतः सबै उच्च कलाको प्रभाव मुनष्यको आध्यात्मिक नैतिक जीवनमा पर्दछ त्यो मानवको अधिकाधिक स्वतन्त्रता तिर प्ररित गर्छ । यसको सबै भन्दा ठूलो प्रमाण ताजमहल हो । अतः कलालाई उसको भौत्तिक उपयोगिताको तराजुमा तौलेर यो पनि हेर्नु पर्छ की त्यो मानवको अहम कुन सिमासँग संघटित गर्छ । यो सिद्धान्तलाई स्वीकार गर्ने हो भने कलाको रुप–योजनाको समस्या गौण हुन जान्छ । कलाको स्वरुप विषय वस्तुको आग्रहमा हिडनु पर्छ । यो नै कलाको निरन्तर आकर्षण र आत्माको स्रोत हो । निश्चितरूपमा आज फेरि महामारी कोभिड–१९ को समय साक्षेप रूपमा बढेर गएको देखिन्छ, जसले यसबाट पार पाउन र फेरि पनि कला र जीवनको सौन्दर्यलाई उजागर  गरेको छ ।

सुबोधचन्द्र दास (एस.सी. सुमन)

पुर्व प्राज्ञ नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान,

लोक कला विभाग, काठमाण्डौ

[email protected]

बिहिबार, आश्विन १५, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
जनमत
  • प्रदेश १ को नाम के राख्दा ठिक होला ?

    View Results

    Loading ... Loading ...
ताजा
भाइरल
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

सोसल मिडिया