बिहिबार, माघ ०२, २०७६ || 1655  पटक पढिएको

हिपमत डटकम काठमाडौं ,२ माघ काठमाडौं – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले सबै नेपाली चलचित्र चल्नुपर्ने धारणा राखेकी छिन् ।

केही महिनायता कुनै पनि नेपाली फिल्म व्यावसायिक रुपमा सफल नभएको र सबै नेपाली चल्नुपर्ने बताएकी हुन् । ‘नेपाली फिल्म नचलिरहेको अवस्था छ, सबै नेपाली फिल्म चल्नुपर्छ,’ निरौलाले भनिन् ।

उनले फिल्मले यति कमाउनुपर्छ भन्दा पनि दर्शकलाई मन पर्ने फिल्म बनाउन सक्यो भने फिल्म हिट हुने बताइन् । भनिन्, ‘दर्शकलाई मन पराउने फिल्म बनाउनुपर्छ ।’

त्यसो त केही हप्तायता हलमा नेपाली फिल्म रिलिज पनि भएका छैनन् । विदेशी फिल्मले भने नेपालमा पनि राम्रो कमाइ गरेका छन् ।

पछिल्लो समय दशैंमा रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ व्यावसायिक हिसाबले सफल भएको थियो । त्यसपछि कुनै पनि फिल्म हिट भएका छैनन् ।

‘छ माया छपक्कै’ लाई दीपक–दीपाको समूहले निर्माण गरेको थियो । यो टिमले अर्को वर्षको दशैँमा रिलिज गर्ने गरी ‘छक्का पञ्जा ४’ को घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!