मंगलबार, आश्विन १३, २०७७ || 755  पटक पढिएको

आजको नेप्से ७ अंक घटेर १५५३ मा बन्द भए पनि हाइड्रो पावर इन्डेक्स २ प्रतिशतले बढेको छ ।

सोमवार १५६० मा बन्द भएको नेप्से मंगलबार ७ अंकले ओरालो लागेर १५५३ मा बन्द भएको छ । १८२ करोड़को टर्नअभर भएको आजको कारोबारमा ७० करोड़को टर्नअभर मात्र हाइड्रो पावर क्षेत्रमा भएको छ । हाइड्र पवार क्षेत्रमा भएको बढोत्तरीले आजको बजार थामेको देखिन्छ ।

आज करिब १ दर्जन भन्दा बढी हाइड्रो पावर कम्पनीमा सर्किट देखिएको छ । हाइड्र पावर क्षेत्रमा भएको टर्नअभरलाई हेर्दा भोली पनि हाइड्रो पावर नै बढने संभावना देखिएको जानकारहरु बताउँछन् ।

आजको बजारमा बैकिङ्ग सेक्टरमा लगानीकर्ताले अल्पकालीन प्रोफिट बुकिङ्ग गर्दा सेलिङ्ग प्रेशर देखिएको छ । आजको कारोबार ओरालो तिर लागे पनि भित्री रुपमा बजारमा मजबुती रहेको जानकार सूत्रले हिपमत डटकमलाई जानकारी दिएका छन् ।

बजारको प्रतिष्पर्धालाई हेर्दा खरिदकर्ताहरु कम भन्दा कम मूल्यमा खरिद गर्न उत्सुक रहेको देखिन्छ । जानकारहरुका अनुसार कम अंकले घटेको नेप्से कुनै पनि दिन छलांग मार्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!