मंगलबार थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  थपिएका कोरोना संक्रमितमध्ये ६० प्रतिशत बढी काठमाडौं उपत्यकाका छन्। मंगलबार १५१३ जना कोरोना संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौं उपत्यकाका ९३४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ जना संक्रमित छन्। त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!