भर्खरै मात्रै सकिएको चर्चित गायन रियालिटी सो नेपाल आइडल ३ को फस्ट रनरअप बन्न सफल गायक प्रविन बेडवालको नयाँ गीत सार्वजनिक भएको छ । गाउको परिवेशमा यो भिडियो बनेको छ माया अनि स्नेह देख्न सकिन्छ। प्रविन बेडवालको स्वर रहेको गीत ‘मुटु भित्रै राख्छु तिमी लाइ‘मा दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको गीतलाइ कैलाश रेग्मीले यस म्युजिक भिडियोको सम्पूर्ण जिम्मा लिएका थिए भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन।भिडियोका निर्माता तथा गीतकार दुर्गा प्रसाद कडरिया आफै रहेका छन । यस भिडियोलाई निर्देशन भने रिकेश बज्राचार्यले गरेका छन। कलाकारहरुमा नवराज सिंह खड्का र प्रतिशा रिजालले मुख्य भूमिकामा खेलेका छन ।झापाली गीतकार कडरियाले आफ्नो आठौँ सांगितिक कोसेलीको रुपमा यो गीत बजारमा ल्याउन लागेको जानकारी दिएका छन ।गीतकार कडरियाले हालसम्म प्रमोद खरेल, सीएल शर्मा, सज्जा चौलागाई, प्रेम शर्मा र नरेन्द्र प्यासीको स्वरमा सांगितिक कोशेली बजारमा ल्याईसकेका छन् ।गीतकार कडरियाका दुईवटा लिरिकल भिडियो र पाँचवटा म्यूजिक भिडियो सार्वजनिक भईसकेका छन् ।कडरियाले मयूजिक भिडियो दुर्गाप्रसाद कडरिया नामक आफ्नै युट्युब च्यानलबाट रिलिज भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया