शुल्क नतिरेको भन्दै बोर्डिङ स्कुल सञ्चालकले भाँचिदिए अभिभावकको खुट्टा लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचाररत कृष्णप्रसाद शर्मा ।बुटवलस्थित लुम्बिनी सिटी अस्पतालको सर्जिकल वार्डको बेड नं. २०८ मा छन्, नवलपरासी पश्चिम सुस्ता गाउँपालिका- ३ पत्थरकलाका कृष्णप्रसाद शर्मा । प्रेसर बढी छ, बोल्न सक्दैनन् । बेडमा पुग्ने जो कसैसँग उनका बारेमा गुनासो पाख्दिन्छन् उनका छोरा लक्षमण भरतले । २२ दिनदेखि सर्जिकल वार्डमा रहेका कृष्णको दायाँ खुट्टा भाँचिएको छ । दुई छोरा पढाउन लाग्ने शिक्षण शुल्क नतिरेपछि नवपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका- ६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिश बोर्डिङ स्कुलका सञ्चालक एवं प्रधानाध्यापक दीपक कुँवरले कृष्णको खुट्टा भाचिने गरी कु,ट,पि,ट गरेका हुन् । यो घटना गत साउन २८ गतेको हो । २८ गतेदेखि लुम्बिनी सिटी अस्पतालमा उपचारर्थ कृष्णको उपचारमा २ लाख ५० हजारभन्दा बढी रकम खर्च भइसकेको छ । शल्यक्रिया गर्नु परेकाले धेरै रकम खर्च भएको पीडित कृष्णका छोरा लक्ष्मणले बताए । चिकित्सकले १९ भदौमा डिस्चार्ज दिए पनि कृष्ण डिस्चार्ज हुन सकिरहेका छैनन् । आर्थिकस्थित कमजोर रहेका उनी अस्पतालमा बुझाउनुपर्ने शुल्क तिर्न नसक्दा अस्पतालको शय्यामा बसिरहेका छन् । कृष्णका दुई छोरा रामप्रसाद र लक्ष्मणले उज्जवल शिशु इंग्लिश बोर्डिङ स्कुलमा कक्षा ८ देखि पढे । कक्षा ८ र ९ मा अध्ययन गर्दा उनीहरूले सबै रकम तिरे । कक्षा १० को आधा रकम मात्र विद्यालयलाई तिर्न बाँकी थियो । छोरा लक्ष्मणअनुसार विद्यालयलाई जम्मा ३५ हजार बुझाउन बाँकी छ । तर, यो रकम हालैको शिक्षण शुल्क भने होइन । तिर्नुपर्ने रकम २०६९ सालको हो ।

राम र लक्ष्मणले ०६९ सालमा कक्षा १० मा अध्ययन गर्दा लागेको खर्च हालसम्म पनि कृष्णले रकम तिरेका थिएनन् । किनकि प्रधानाध्यापक कुँवरका भाइ प्रकाश कुँवरले परीक्षामा फेल भएमा पैसा नलिने बताएका थिए । अध्ययनकै क्रममा दुई छोरा कक्षा चढ्न सकेनन् । कक्षा नचढे पनि कृष्ण ५० प्रतिशत भए पनि रकम तिर्ने बताउँदैआएका थिए । तर, प्रधानाध्यापक कुँवरले भने धर्मशाला नभएको भन्दै सबै शुल्कको माग गर्दै आएका थिए । कृष्णले आधा भए पनि रकम तिर्ने र बाँकी विषय प्रधानाध्यापक कुँवरका भाइ प्रकाशसँग बसेर टुंगाउने बताउँदै आएका थिए । यस्तोमा २८ साउनमा कृष्ण घरबाट केही टाढा रहेको रानीनगर बजारमा भान्सा कोठाको सामान लिन जाँदैगर्दा घरदेखि ३ किलोमिटरको दुरीमा बाटोमा कुँवरले कृष्ण माथि कु,ट,पि,ट गरेको उनका छोरा लक्ष्मण आचार्यले बताए । ‘बुवाले १० हजार लकडाउन खुलेपछि तिर्छु भन्नुभएको रहेछ । तर, पनि सबै पैसा भर्खर चाहिन्छ भन्दै कु,ट,पि,ट गरेछन्’ उनले थपे, ‘विद्यालय मेरो धर्मशाला होइन भन्दै कु,टिरहे ।’

छोरा लक्ष्मणले घरदेखि ३ किलोमिटरको दुरीमा सोही विद्यालयका लेखापाल बावुराम सुवेदीको घरनजिकै कुँवरले खुट्टा भाँचिनेगरी कु,ट,पि,ट गरेको बताए । कु,ट,पि,टपछि कुँवरले आफूहरूलाई कुनै पनि सम्पर्क नगरेको समेत उनले बताए । दिउँसो ४ बजे कुटपिट गरेका कृष्णलाई राति ८ बजे बुटवलमा उपचारका लागि ल्याइएको थियो । घटनापछि पीडित परिवारले स्थानीय तहमा उजुरी दिँदा नलिएको बताएका छन् । त्यसपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा उजुरी दर्ता गरेको छोरा लक्ष्मणले बताए ।

पीडितले ९ भदौमा मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) कावासोतीमा कुँवरविरुद्ध कु,ट,पि,ट तथा अङ्ग भङ्ग सम्बन्धी कसूरमा उजुरी दर्ता गरेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । उनले मुद्दा दर्ता भएकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको र पीडकको खोजी कार्य भइरहेको बताए । छोरा लक्ष्मणले उपचारमा लागेको सम्पूर्ण खर्च व्यहोर्दै कानुनअनुसार स्कुल संचालक कुँवरमाथि कारबाही हुनुपर्ने बताए । कुँवरसँग पटकपटक सम्पर्क गर्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!