सोमबार, आश्विन १२, २०७७ || 1427  पटक पढिएको

नेप्सेमा आज सप्ताहको दोस्रो दिन सोमवार निकै नै उथल–पुथल देखिएको छ । सप्ताहको पहिलो दिन आइतवार १५६५ मा बन्द भएको बजार आज शुरु हुन वित्तिकै तेज गतिमा उकालो लागेर ओरालो तिर झर्दै १५६० मा बन्द भएको छ ।
बजारको शुरुवात ह्वातै बढेर लगभग १५७० सम्म पुगि सकेका बजार मध्याह्न पश्चात एक्कासी ओरालो उकालो गर्दै १५६० मा बन्द भएको छ ।
१९१ कम्पनीको सहभागिता रहेको आजको बजारमा ६,९९७,४२० को शेयर ट्रेड देखिएको छ भने १,६९०,१५४,५२५ को टर्नअभर भएको छ । आजको बजार कारोबारमा ३०,५९६ को ट्रान्जेक्शन (लेनदेन) भएको देखिएको छ ।
आजको बजारमा फाइनेन्स तथा डिभलोपमेन्ट बैंक बाहेकका अन्य कम्पनीहरु ओरालो लागेको देखिएको छ । फाइनेन्समा १.४९ प्रतिशत बढोत्तरी भएको देखिएको छ भने डिभलोपमेन्ट बैंक ०.१२ प्रतिशतले अगाडी बढेको देखिएको छ ।
लागातार बढिरहेको हाइड्रो पावर क्षेत्र आजको बजारमा०.२३ प्रतिशतले ओरालो लागेको छ । आजको बजारमा लगानीकर्ताहरूमा उठापटक देखिएको छ, जसलाई स्वाभाविक रूपमा लिन सकिन्छ । कोही बाजार बढाउने तिर छ भन्ने केही लाभ खायेर घटाउने तिर लागेको अनुमान गर्न सकिन्छ । यस खरीद बिक्री बाट नेप्से १५५० देखी १६०० को बीचमा रमाउने अन्दाज विश्लेषकहरूको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!