माेरङकाे रंगेली नगरपालिका ४ स्थित आमताेला नजिकै बसाेवास गर्दे आएका ७३ बर्षिय कहदर कर्मकार र ६५ बर्षिय उनको श्रीमती फुलमणि कर्मकार बिगत ३० बर्ष अगाडि देखि एक कठ्ठा अैलानि जग्गामा सानाे झुपडी काे सहारमा दुख: सुख गरेर बसाेवास गर्दे आईरहेका यी परिवार अहिले अर्को काे घरमा आस्रय लिन बाध्य रहेका छन । केही दिन अगाडि आएकाे अविर वर्षा का उनको सानाेे झुपडी समेत पानी ले लडाएपछि उनी हरु अहिले ६ दिन देखि स्थानीय ललित राई काे घरमा शरण लिन बाध्य भएका हुन । उनका ४० बर्षका जेठा छाेरा हिरालाल कर्मकर र ३५ बर्षका कान्छा छाेरा लक्ष्मण कर्मकार बिगत १० बर्ष अगाडि देखि घर बाट हिडेकाेे र अहिलेसम्म दुई छाेरा भेटघाट र हेर बिचार समेत गर्ने नआएकाे आमा ले देखेसाे पाेखिन ।  अहिले उनि हरुकाे घर पानी ले लडाए पछि खुल्ला आकाश मुनि बस्न बाध्य रहेका छन । बृद्घ आमा दैनिकी अरु काे घरमा गएर भाडा कुडा माेलेर श्रिमान र आफू पालिदै आएता पनि केहिदिन अगाडि आएकाे पानी ले घर समेत भत्किएपछि थप समस्या मा परेका छन ।

उनले भनिन् अरु काे घरमा कति दिन बस्नु र खानु आफुलाई नै अप्ठ्यारो लागिरहेको समेत उनलेे बताईन । १० बर्ष देखि अहिलेसम्म श्रिमान र मेराे जिउमा गाउँ घरमै स्थानीय हरुले दिएकाे पुरानाे लुगा लगाउदै आएकाेे र अहिलेसम्म न्याँ लुगा लगाएकाे त अनुहार नै नदेखेको भन्दै आँखा बाट आँसुका धारा बगाईरहेकि छन । अहिले बृद्घ अबस्थामा पुगेपछि श्रिमान र मेराे कम्बर दुख्ने समस्या थपिदै गरेपछि अब कसरी अाफु बाँच्नु भन्दै बिलाैैैैना समेत गरिरहेकि छन । अहिले उनी हरु काे घरमा रहेकाे रहेको खाद्यान्नय , लत्ताकपडा समेत पानी ले बिग्रिएपछि अहिले उनी हरु उक्त लत्ताकपडा सुकाउन र भत्किएको घर लाई स्याहारसुसार गरिरहेका छन । अब घर समेत कसरी बनाउने हाे भन्दै थप चिन्तित अवस्थामा रहेका छन । साे बडा का अध्यक्ष भुपेन्द्र मंण्डल लाई जानकारी गराए ता पनि उनी ३ दिन पछि मात्रै साे ठाउँमा पुगेको उनलेे बताईन । बडा कार्यलय ले साे परिवार लाई सहयोग काे लागि नगरपालिका मा सिफारिस गरेता पनि नगरपालिका बाट भने ६ दिन बितिसक्दा समेत कुनै चासाे नदेखिएको उनी ले बताईन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!