हिपमत डटकम
विराटनगर,२ माघ: टोउकोमा तीन गोली लागेर पनि एक महिलाले घाइते बनेकी आफ्नो आमालाई लिएर २८ किलोमिटर टाढा रहेको अस्पताल पुगेकी छिन् ।भारतको  भएको यो घटनामा जमिनको विवादलाई लिएर दुई महिलामाथि गोली प्रहार भएको थियो । मुक्तसर गाउँमा भएको घटनामा छोरी सुमीत कौर र उनकी आमा सुखजिन्दरमाथि ६ वटा गोली प्रहार भएको थियो ।त्यसमध्ये ३ वटा गोली सुमीतको टाउको र एउटा चिउँडोमा लागेको थियो भने दुई वटा गोली आमाको खुट्टामा लागेको थियो । यति धेरै गोली लागेपनि घाइते बनेकी सुमीतले आमालाई उठाएर कारमा राखेर २८ किलोमिटर टाढा रहेको अस्पतालसम्म पुगेकी थिइन् ।भारतीय सञ्चारमाध्यमका अनुसार ४२ वर्षीया सुमीत र ६५ वर्षीया सुखजिन्दरलाई लागेको गोली सफलतापूर्वक निकालिएको छ । दुवै अहिले खतरामुक्त रहेका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!