चीनलाई भारतले पिएएलका सैनिक अघि बढे चारतीय सैनिकले उनीमाथि गोली चलाउने सक्ने भन्दै चेतावनी दिएको छ । द हिन्दूको एक रिपोर्टमा भारतीय शीर्ष अधिकारीले सो कुरा भनेका हुन् । अधिकारीले भने, ‘अब हामीले चीनलाई भनिदिएका छौं कि यदि तपाईंहरु हाम्रो नजिक आउनुहुन्छ भने हामी गोली चलाउनेछौं । सैनिकलाई पनि आत्मरक्षामा गोली चलाउने अधिकार दिइएको छ ।’ पछिल्ला दिनमा पूर्वी लद्दाख त्यो ताल नजिकै भारती र चिनियाँ सैनिकबीच थुप्रै पटक हवाई फायरिङ भएको छ । भारत र चीनबीच भएको छैटौं चरणको वार्तामा दुबै देश सीमामा थप सैनिक नपठाउने विषयमा सहमत भएका छन् । भारतीय अधिकारीले भारतले सीमामा आफ्नो बलियो उपस्थिती स्थापित गर्ने बताएको छ । उनले भने, ‘हाम्रो धारणा स्पष्ट छ, चीन पहिला आएको थियो त्यसैले चीन नै पहिले हट्नुपर्छ ।’ भारत र चीनका सैनिकबीच जूनमा गलवान घाटीमा झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले आफ्नो हताहट भएका सैनिकको संख्या जारी गरेको छैन । मिडिया रिपोर्टमा चीनका सैनिक मारिएको पनि दाबी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!