आज सप्ताहको पाँचौ दिन विहिवारको शेयर बजार उकालो लागेर ओरालो तिर ढल्किदैं फेरी उकालो चढेर १५६४ को अंकमा बन्द भएको छ ।
आजको बजार शुरुमा तिव्र गतिमा अगाडी बढेर केहि बेरमै १५६५ अंक पार गरि सकेका थिए तर, त्यो क्रम धेरै बेर टिकन सकेन र ओरालो तिर ढल्कियो । हेर्दा हेर्दैै उकालो लागेको बजार ओरालो लागेर १५५५ भन्दा तल झरे । यसरी एक्कासी ओरालो तिर झर्दा बजारमा निकै नै दबाब देखिएयो ।
बजारमा देखा परेको अन्यौलातले दबाबमा रहेका लगानीकर्ताहरु बजारको अवस्थालाई आँकल गर्दै अगाडी बढे र बजार बन्द हुनु भन्दा अगावै हाइड्रो पावर क्षेत्रमा बढोत्तरी भएर १५६४ मा बजार बन्द भएको छ ।
समग्रमा भन्नु पर्दा यस सप्ताहमा हाइड्रो पावर क्षेत्र नै मुख्य भूमिका खेलेको देखिन्छ । सप्ताहको अन्त सम्म भएको विभिन्न उतार चढावले गर्दा अन्य क्षेत्रको कारोबार समान्य रहेको देखिन्छ । आगामी सप्ताहमा यदि हाइड्रो पावर क्षेत्र, बैंकिङ्ग क्षेत्र र फिनान्स आदि क्षेत्रमा लागनीकर्ताको ध्यान गएमा मजबुतीका साथ नेप्से बढ्नेछ । तर, छोटो लाभ लिने प्रवृति देखिएमा फेरी बजारको गतिविधि धेरै अगाडी बढ्ने सम्भावना कम देखिनछ ।